‘प्रधानमन्त्रीका लागि कांग्रेसमा विवाद छैन’

Nepali Congress leader Sher Bahadur Deuba (Photo: Gopal Chitrakar/Reuters)
४ मंसिर २०६९, सोमबार १३:०७ मा प्रकाशित

Nepali Congress leader Sher Bahadur Deuba (Photo: Gopal Chitrakar/Reuters)
Nepali Congress leader Sher Bahadur Deuba (Photo: Gopal Chitrakar/Reuters)

महेन्द्रनगर, ४ मंसिर । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी भित्र को प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुनै बिबाद नभएको दोर्याएको छन् । महेन्द्रनगरमा आज प्रेस युनियन कञ्चनपुरले गरेको कार्यक्रममा बोल्दै भने, ‘राष्ट्रिय सहमतिको सरकार नेतृत्वको विषयमा कांग्रेसभित्र कुनै विवाद छैन, यो बाहिर आएको हल्ला मात्र हो ।’
कांग्रेसले सहमतिको सरकारको नेतृत्व पाउने सहमति भएको एक मिनेटमा नै प्रधानमन्त्रीको नाम दिइने देउवाले दावी थियो । दलहरुवीच संविधानमा सहमति गरेर चुनावमा जाने वा चुनावबाट संविधान निर्माण गर्ने विषयमा अहिले पनि अन्यौल रहेको भन्दै नेता देउवाले यस्तो बेलामा दलहरुवीच सहमतिको विकल्प नभएको दोहोर्‍याए ।
‘सहमतिका लागि माओवादीले बाटो खोल्नुपर्छ’ उनले भने, ‘मधेशवादी दल र माओवादीवीचको सहमति मात्रै राष्ट्रिय सहमति होइन ।’ आफ्नै पार्टी लगायतका विपक्षी दलहरुले थालेको आन्दोलनले समस्या सृजना गर्ने भन्दै नेता देउवाले छलफलबाट मात्र मुलुकले निकास पाउन सक्ने बताए । सरकारले निर्वाचनको घोषणा गरिसकेकाले त्यसलार्ई प्रभावित पार्ने गरेर बजेट ल्याउन नहुने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार