राष्ट्रपतिले तोके समय, सात गते भित्र बिबादित सबै विषय टुङ्गाऊ

४ मंसिर २०६९, सोमबार १३:०७ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले बिबादित सबै विषयमा सात मंसिर भित्र सहमतिमा पुग्न दलका नेताहरुलाई समय सिमा तोकेका छन् । एमाओवादी, कांग्र, एमाले, मधेशी मोर्चाका शीर्ष नेता तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई आज संयुक्त रुपमा आफ्नो निवसमा बोलाएर समय सिमा तोकेका हुन् । उनले चुनाव, राष्ट्रिय सहमतिको सरकार र बजेटबारे टुंगो लगाउन म्याद तोकेका राष्ट्रपतिसंगको भेटपछि बाहिरिएका नेताहरुले बताए ।
राष्ट्रपतिसंगको छलफलपछि बाहिरीएका उप प्रधानमन्त्री विजयकुमार गच्छदारले भने, ‘राष्ट्रपतिसंग सबै विषयमा छलफल भयो, उहाँले ७ गतेभित्र सहमति गर्न समय सीमा दिनुभएको छ ।’ उनका अनुसार दलका नेताहरु अहिलेकै प्रमुख दलहरुकै नेताको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउनेमा एक छन् तर कसले त्यसको नेतृत्व गर्ने भन्नेमा निर्क्यौल छैन। उनका अनुसार समयसीमाभित्र सहमति नभए राष्ट्रपतिले सहमतीय सरकारका लागि आहृवान गर्नेछन् । विपक्षी दलले सरकार बहिर्गमन नभएसम्म बजेटमा समेत सहमति नगर्ने अडान लिएपछि राष्ट्रपतिले सक्रियता लिएका हुन् ।
राष्ट्रपतिले समय सीमा तोकेका कारण आजै प्रमुख तीन दलबीच दिउँसो ३ बजे चुनाव, राष्ट्रिय सरकार र बजेटको विषयमा छलफल हुने बताइएको छ । बैठकपछि बाहिरिएका नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला र झलनाथ खनाल दुबैले सहमतिमै सबै विषय टुंग्याउनुपर्ने धारणा राखेका थिए। तर, प्रधानमन्त्री भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने प्रतिक्रिया नै नदिई शितल निवासबाट बाहिरिएका थिए । हिजोमात्रै राष्ट्रपति यादवले दलहरु ७ गतेभित्र नमिले आफ्नो सक्रियता बढ्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार