गहुँ खेति उत्पादनमा कमी आउने

४ मंसिर २०६९, सोमबार १२:०८ मा प्रकाशित

रुपन्देही, ४ मंसिर । यस बर्ष गहुँ खेति उत्पादनमा कमी आउने भएको छ । बर्षा राम्रो नहुदा सिचाई नहुने खेतको चिस्यानमा कमी आए पछि उत्पादनमा कमी आउने कृर्षी प्राबिधिकहरुले बताएका छन । खास गरी तराईका आकासे पानीमा आश्रीत कृषकहरुको गहु खेति उत्पादनमा कमी आउने बताईएको छ । चिस्यान नभएपछि खेतमा पानी लगाई सुख्खा खेतमा चिस्यान गराई गहु छर्दा सिजनमा ढिला हुन गई उत्पादमा कमी आउने कृषि प्राविधिकहरुले बताएका छन ।

नवलपरासीका खास गरी गण्डक कमान क्षेत्र बाहिरका गाविसहरुका किसानहरु खेतीका लागि आकाशे पानीमा निर्भर हुने अवस्थाले उनीहरुको खेतमा यो समस्या आएको हो । हकुई ,सुक्रौली ,बन्जरिया , स्वाठी अमरौट रामग्रम नगरपालिक लगायतका किसानहरु यस समस्याबाट बढी प्रभावित भएका छन । यता समयमा गहुको बिउ र मल खाद उपलब्ध नहुदा किसानहरु थप समस्यामा परेका छन । मल बिउ र सिंचाई सुविधा नभएकोले खेतमा चिस्यान नभएका कारण धेरै जसो खेत बाझो रहने अवस्था रहेको सुक्रौलीका किसान शिवकुमार यादवले बताएका छन ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना