एघार पार्टी र जातीय संगठनलाई साथ लिएर बैद्यपक्षधरद्धारा आन्दोलनको घोषणा

१० चैत्र २०६८, शुक्रबार १४:०३ मा प्रकाशित

काठमाडौ, १० चैत । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूहले विभिन्न पार्टी र संगठनहरुसँगको मोर्चा निर्माण गर्दै जनसंविधान निर्माणकोलागी दवाव भन्दै आन्दोलनको घोषणा गरेको छ ।
आज राजधानीको राष्ट्रिय नाचघरको सभाहलम पत्रकार सम्मेलनको आयोजना गरेर ११ वटा विभिन्न पार्टी र संगठनहरुको मोर्चा सहित आन्दोलनको घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १८ गतेबाट मुलुकका २ सय ४० वटै निर्वाचन क्षेत्रमा जनसंविधान निर्माणकालागी दवाव दिन हस्ताक्षर संकलन अभियान सुरु गर्ने, चैत्र २० गते देश ब्यापी रुपमा भित्ते लेखन गर्ने, चैत २२ गते सभासदहरुलाई ज्ञापन पत्र बुझाउने, चैत्र २४ गते असमान सन्धी सम्झौता जलाउने, चैत्र २७ गते प्रत्येक निर्वाचन क्षेत्रमा विरोध गेष्ठि गर्ने, चैत्र ३० गते राष्ट्रघात, महंगी, भ्रष्टाचार, हत्या र हिंसाकाविरुद्ध देशब्यापी रुपमा मसाल जुलुस गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा माओवादी सचिव सीपी गजुरेलले बैशाख महिनाको कार्यक्रम भने पछि छलफल गरेर सार्वजनिक गर्ने जानकारी दिए । बैद्य समूहले तयार पारेको मोर्चामा मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी, मणि थापाले नेतृत्व गरेको पार्टी, नेकपा एकीकृत, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, अटलबहादुर राईले नेतृत्व गरेको जनमुक्ती पार्टी, नेपाल नागरिक पार्टी, अखिल नेपाल आदीबासी जनजाती महासंघ एकीकृत, आदीवासी जनजाती महासंघ समाजवादी, थारु मुक्ती सग्राम, आदीबासी जनजाती क्षेत्रीय महासंघलगायतका पार्टी र जातीय संगठनहरुको सहभागीता रहेको छ ।
पत्रकार सम्मेलनमा संविधानसभामा भएका र बाहिर रहेका विभिन्न संगठनहरुसँग छलफल चलिरहेकोले छिट्टै अरु पनि मोर्चामा आबद्ध हुने जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा आदीवासी जनजाती महासंघका अध्यक्ष राजकुमार लेखीको पनि उपस्थिति रहेको थियो ।
बैद्य पक्षधरले पार्टीका निर्णय कार्यान्वयन र प्रधानमन्त्रीको राजिनामाको माग गर्दै यसअघिनै पार्टी विरुद्ध आन्दोलनको चेतावनी दिईसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव