राजस्व गस्ती डन्डा भैरहवाद्वारा ३ सय ६० बोरा चिनी नियन्त्रणमा

४ मंसिर २०६९, सोमबार १२:०६ मा प्रकाशित

रुपन्देही, ४ मंसिर । सशस्त्र प्रहरी बल भन्सार राजस्व गस्ती डन्डा भैरहवाले ३ सय ६० बोरा चिनी नियन्त्रणमा लिएको छ । गस्तीमा रहेको टोलीले ना ४ ख ११ नम्बरको ट्रकसहित सो परिणामको चिनी नवलपरासी जिल्लाको सरवल गाविस वडा नम्बर ९ हात्तीवनबाट नियन्त्रणमा लिएको हो ।

भन्सार गरेको भए पनि कागजपत्र शंकास्पद रहेकाले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा पठाएको राजस्व गस्ती डन्डाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक लिलाराम पुनले बताए । उक्त परिणामको चिनी महेशपुर भन्सार नाका हुँदै कार्तिक २४ गते नवलपरासी भित्रिएको हो । भन्सार गरेको प्रज्ञापन पत्र फोटोकपी गरिएको र उक्त पत्रमा ट्याक्टरमा चिनी आयात भएको उल्लेख छ । उक्त आयातित भनिएको चिनी चामलका बोरामा भरेर सिलबन्दी गरेको अवस्थामा ट्रकमा रहेको सुरक्षा अधिकारीले जनाएका छन् ।
भन्सारबाट भएको प्रज्ञापन पत्र अनुसार ढुवानीका साधन पनि नमिलेको हुँदा तस्करी गरी नेपाल ल्याइएको चिनी पुनः अर्को बोरामा भरेर जिल्लाका अन्यत्र स्थानमा लान थाल्दा पक्राउ परेको हो । प्रज्ञापन पत्रमा चिनीको मूल्य प्रतिकेजी ३९ रूपैयाँ ५८ पैसा रहेको छ ।
प्रज्ञापन पत्र गरेर ल्याइएको उक्त चिनी नवलपरासी ल्याई बिक्रीका लागि श्री जय माँ भवानीश्वरी ट्रेडिङ महेशपपुरबाट खरिद गरिएको बिलसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बजारमा चिनीको मूल्य ७१ रूपैयाँ ९साल्ट ट्रेडिङ भैरहवाको सस्तो स्टलमा० मा उपलब्ध छ भने अन्य बजारमा ७५ रूपैयाँसम्ममा र भारतीय बजारमा ६२ रूपैयाँसम्ममा उपलब्ध हुन्छ । भन्सार तथा राजस्व छली गरेर ल्याइएको उक्त ३ सय ६० बोरा ९५० केजीको बोरा० अर्थात् करिब १८ हजार केजी चिनीको बजार मूल्य करिब १३ लाख रूपैयाँ रहेको छ । जिल्लामा चिनीको उत्पादन पनि सुरु नभएको अवस्थामा बरामद चिनी भारतबाटै अवैधरूपमा ल्याइएको हुन सक्ने धेरै आधार रहेका छन् र यो विषयमा आन्तरिक राजस्व कार्यालय बुटवलले गर्ने थप अनुसन्धानपछि मात्र वास्तविकता बाहिर आउने छ । श्रोतका अनुसार राजस्वका कर्मचारीको मिलेमोतमा यस्ता कार्यहुने गरेको बताइृएको छ तर आधिकारीक पुस्टीभने भएको छैन ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर