प्रतिवेदन कार्यान्वयन गर्न फेरी अर्को समिति

४ मंसिर २०६९, सोमबार १०:०८ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । प्रतिवेदन कार्यान्वयन गर्न फेरी अर्को समिति बनाइएको छ भन्दा पत्याउनै मुस्किल पर्छ । तर, उच्चमाध्यामिक शिक्षा परिषद्ले ‘उमावि अध्ययन तथा अनुगमन कार्यदल, २०६९’ को प्रतिवेदन कार्यान्वयनका लागि सुझाव तयार गर्न फेरी अर्को समिति गठन गरेको छ ।
परिषद्का सदस्यसचिव भीमलाल गुरुङले प्रतिवेदनले औँल्याएका विषय र दिएका सुझाव अध्ययन गरी कार्यान्वयनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव तयार गर्न अनुगमन शाखाका प्रमुख डम्बरकुमार बतासको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए । समितिमा परिषद्का सम्बन्धन महाशाखाका उपसचिव निर्मल पाण्डे र प्रशासन महाशाखाका उपसचिव कृष्णप्रसाद शर्मा रहेका छन् । समितिका संयोजक बतास यसअघिको कार्यदलका सदस्यसचिव पनि थिए ।  परिषद्का सहसचिव तथा प्रवक्ता नारायणप्रसाद कोइरालाको संयोजकत्वमा गठित सरोकारवालासहितको १३ सदस्यीय कार्यदलले गत भदौ ३१ गते शिक्षामन्त्री दीनानाथ शर्मासमक्ष आफ्नो प्रतिवेदन दिएको थियो ।
सो प्रतिवेदनमा निजी उच्चमाविको भर्ना तथा अन्य शुल्क, छात्रवृत्ति, भौतिक पूर्वाधार, पोसाक, विज्ञापनको सीमालगायत विषयमा सुझाव दिई यस क्षेत्रको विकृति रोक्नुपर्ने जोड दिइएको छ । कार्यदलमा सदस्य रहनुभएका अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भने हालसम्म प्रतिवेदन कार्यान्वयन नहुनु चिन्ताजनक छ भन्दै यसअघिका अन्य कार्यदलका प्रतिवेदन पनि त्यत्तिकै थन्किएकाले निरास बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी