राष्ट्रपतिले शीर्ष नेतासंग बजेट बारे छलफल गर्दै

४ मंसिर २०६९, सोमबार १०:४१ मा प्रकाशित

काठमाडौ, ४ मंसिर । राष्ट्रपति डा. रामबरण यादवले आज पनि शीर्ष नेताहरुसंग बजेटका विषयमा छलफल गरि रहेका छन् । राष्ट्रपनिले हिजो पनि शीर्ष दलका नेताहरुसंग बजेटका विषयमा सामूहिक छलफल गरेका थिए ।
एक तृतीयांश बजेट सकिएपनि  सत्तापक्ष र प्रतिपक्ष दल सहमतिमा नपुगेपछि दबाबको लागि उनले आज पनि शीर्ष नेताहरुलाई शितल निवास बोलाएर छलफल थालेका हुन् ।
राष्ट्रपतिको नीजि सचिवबालयका अनुसार अहिले एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता तथा प्रधानमन्त्रीसंग सामुहिक छलफल गरि रहेका छन् । राष्ट्रपतिले आगामी सात मंसिर भित्र दलहरू राजनीतिक गतिरोध अन्त्य गर्न असफल रहे आफैंले कदम चाल्ने चेतावनी दलका नेताहरुलाई दिइ सकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार