सुरक्षित चर्पी नहुँदा नेपालमा हरेक दिन २८ जना वालवालिकाको ज्यान जान्छ

४ मंसिर २०६९, सोमबार ०९:५५ मा प्रकाशित

काठमाडौ, ४ मंसिर । आज विश्वभर विश्व चर्पी दिवस मनाईंदैछ । ‘लैंङ्गिकमैत्री सार्वजनिक शौचालयमा लगानी गरौ, सन् २०१७ सम्ममा सबैका लागि सरसफाई पुर्‍याउने राष्ट्रिय लक्ष्य पूरा गर्न सघाऔँ’ भन्ने नाराका साथ विश्व चर्पी दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदै छ ।
सार्वजनिक शौचालय सुरक्षित नभएको भन्दै यो वर्ष सरकारी तथा गैरसरकारी संस्थाहरुले सार्वजनिक शौचालयको सरसफाईमा जोड दिएका छन् ।
गैर सरकारी संस्थाहरुको तथ्यङ्क अनुसार काठमाडौ उपत्यकामा ६५ हजार मानिसले एउटा सार्वजनिक शौचालय प्रयोग गर्छन । ४० लाख जनसंख्या रहेको उपत्यकामा ६१ वटा मात्र सार्वजनिक शौचालय छ । यस्तै देशका १७ हजार सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय छैन । सुरक्षित चर्पीको पहुँच नहुँदा नेपालमा हरेक दिन २८ जना वालवालिकाको ज्यान जाने गरेको तथ्याङ्क छ । यस्तै, विश्वका २ अर्ब मानिस अझै पनि चर्पीको पहुँच भन्दा बाहिर छन् ।
१ अर्ब मानिस सार्वजनिक ठाउँमा दिसा पिसाब गर्न बाध्य छन् । चर्पीको अभावमा ५ वर्ष मुनीका वालवालिकाको झाडापखालाका कारण ज्यान जाने गरेको छ । चर्पीको प्रयोग नगर्दा हुने हानीका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ११ वर्षदेखि विश्व चर्पी दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार