सहकारीमा चरम विकृति, सरकार अनुगमनको तयारीमा

४ मंसिर २०६९, सोमबार ०९:२७ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । सहकारी सञ्चालनकहरु चरम विकृति गरेको पाइएपछि सरकारले अनुगमन गर्ने भएको छ । अनुगमनमा दोषि पाइएका सहकारीको दर्ता नै खारेज गर्ने सरकारले तयारी समेत गरेको छ ।
सहकारी विभागले गत आर्थिक वर्षमा सहकारी एक सय १६ सहकारीको अनुगमन गरेको भने यस वर्ष गत वर्ष अनुगमन गरेको सहकारीलाई नै पुन अनुगमन गरिने भएको छ ।
अधिकांश संस्थामा पुरानै तरिकाले कारोबार गर्ने प्रवृत्ति बढेकाले छड्के जाँचका रूपमा अनुगमन गरिन लागिएको सहकारी विभागका एक अधिकारीले बताए । पहिलेकै जस्तै गल्ती भेटिए ती सहकारीलाई कारबाही गरिने विभागले जनाएको छ । ती सबै सहकारीको अनुगमन गर्न जनशक्ति अभाव रहेकाले हाललाई दुईदर्जन जति सहकारीको पुनस् अनुगमन गरिने स्रोतले बतायो ।
सहकारीको संख्यात्मक वृद्धिसँगै विकृति पनि बढेकाले अनुगमनलाई व्यापक रूप दिइने सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए । ‘सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप सञ्चालन नहुने सहकारीलाई कारबाही गछौँ ।’ रजिस्ट्रार न्यौपानेले भने, ‘त्यस्ता सहकारीले गर्दा सिंगो सहकारी अभियानमा समेत नकारात्मक सन्देश गएको छ ।’ सहकारीलाई आºनो व्यक्तिगत व्यवसाय बनाएकाले सहकारीमा समस्या र जोखिम बढेको बताउँदै उनले यसलाई रोक्न विभाग क्रियाशील रहेको बताए ।
०६६ माघदेखि नेपाल राष्ट्र बैंकका दुई अधिकारीसहित विभागका कर्मचारीले वार्षिक पाँच करोडभन्दा बढी कारोबार गर्ने केही सीमित सहकारीको मात्र अनुगमन गरेको छ । अनुगमनमा अधिकांश सहकारीले सहकारी ऐन, ०४८ र सहकारी मापदण्ड, ०६८ विपरीत कारोबार सञ्चालन गरेको फेला पारेको थियो । सो क्रममा सञ्चालकले संस्थाको निक्षेप दुरुपयोग गरेको, गैरसदस्यीय कारोबार पर्याप्त धितो र प्रक्रिया नपुर्‍याइ कर्जा लगानी गरेलगायत दजनौँ गल्ती भेटिएको थियो । तर, कमजोर कानुनका कारण ती सहकारीका सञ्चालकलाई विभागले कुनै कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको