आज पनि दलिय छलफल, छलफल बजेट र सरकारको नेतृत्वमा केन्द्रीत हुने

४ मंसिर २०६९, सोमबार ०९:४५ मा प्रकाशित

काठमाडौ, ४ मंसिर । दलिय छलफलमै दिन विताउँदै आएका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले आजको दिन पनि छलफलमै विताउने भएका छन् । उनीहरु अन्तिम छलफलका लागि आज बेग्ला बेग्लै छलफल गरी त्यसबाट निस्किएको निचोड सामुहिक छलफलमा पेश गर्ने भएका छन् । आजको संयुक्त बैठकमा बजेट र सरकरका विषयमा बढी केन्द्रीत हुने बताइएको छ ।
एमाले नेता प्रदिप ज्ञवालीले आजको छलफल विषेश गरी बजेट र सरकारको विषयमा केन्द्रीत हुने बताए । उनले एमाओवादीले आफ्नो अडान नत्यागेका कारण सहमति हुन नसकेको जानकारी दिदै भने आज पनि निचोडमा पुग्ने सम्भावना कम छ ।
कांग्रेस नेता मिनेन्द्र रिजालले पनि आजको छलफल बजेट र सरकारको नेतृत्वको विषयमा केन्द्रीत हुने जानकारी गराउँदै भने, एमाओवादी सरकारको नेतृत्व त्याग्न सहमति नभए सम्म सहमति हुने सम्भावना छैन ।
राष्ट्रपतिसँगको पटक पटकको भेटमा सहमतिका लागि छिटै पहल गर्ने बताउने गरे पनि दलहरू राजनीतिक निकास दिन भने असफल हुँदै आएका छन् । यद्यपी सरकारले दलहरूबीच जे जस्तो सहमति भए पनि भोलि बजेट अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ । पूर्ण र तृतीयांश बजेट तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । दलहरूबीच जस्तो सहमति हुन्छ, त्यहीअनुसार बजेट ल्याउने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार