लण्डनमा नेपाली विद्यार्थीद्वारा आत्महत्या

१० चैत्र २०६८, शुक्रबार १४:०२ मा प्रकाशित

लण्डन, चैत १०- नर्थ वेष्ट कलेज रेडिङमा बिजनेस म्यानेजमेन्ट अध्ययनरत सुवाश भण्डारीले आत्महत्या गरेका छन् । बेलायतको नर्थ ह्याम्टनमा बसोबास गर्ने भण्डारी मंगलबार बिहान काममा जार्दै गर्दा बाटोमा पर्ने नर्थह्याम्टन पार्कको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। श्रीमतीको ओड्नेमा झुन्डिएर आत्महत्या गरेको साथी बुद्धिबहादुर तामाङले बताए।
नेपालमा रहँदा नै डिप्रेसनको औषधि खादै आएका भण्डारीले डाक्टरको सल्लाहअनुसार एक हप्तादेखि औषधि खान छोडेको तामाङले जानकारी दिए । मंगलबार बिहान २ बजे घरबाट काममा जान भनेर निस्केका भण्डारीले आत्महत्या गरेको ६ घण्टापछि परिवारले थाहा पाएका थिए । श्रीमतीले ओड्ने सलको प्रयोग गरेर भण्डारीले आत्महत्या गरेको तामाङले बताए । उनको अन्तिम संस्कार बेलायतमा नै गर्ने तयारी भइरहेको छ, कलेज प्रशासनले पनि सहयोग गर्ने आश्वासन दिएको छ तामाङले जानकारी दिए।

लेटाङ- २ मोरङ घर भएका भण्डारी भण्डारी  दुई वर्ष अघि श्रीमती रमिता पौडेलसहित बेलायत आएका थिए।

बेलायतको कडा अध्यागमन नियम, कलेज प्रसाशनले शुल्कका लागि दिने दवाब, बेरोजगारीका कारण बेलायत आए विद्यार्थी डिप्रेसनमा पर्दै आएका छन् ।गत वर्ष अध्ययनका लागि आएकी छात्रा लक्ष्मी लामाले डिप्रेसनका कारण आत्महत्या गरेकी थिइन्। नागरिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद