छोरी बिक्री गर्न खोज्दा जेलको बास

४ मंसिर २०६९, सोमबार ०९:२० मा प्रकाशित

बाँके, ४ मंसिर । आफ्नै छोरीलाई बलात्कार गरी बिक्री गर्न खोज्ने बाबु जितबहादुर सुनारको जेलमा बास भएको छ । सुनारले आफ्नी छोरीलाइ बलात्कार गरी भारत लगेर बेच्न खोजेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले  १५ वर्षीया छोरीलाई भारतको लखनउस्थित छेदीलाल धर्मशालामा लगी बलात्कार गरेका थिए ।
बाँके जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएपछि उनको बास जलमा भएको हो । बलात्कारपछि मुम्बईमा बिक्रीका लागि पैसा मोलमोलाइ गरिरहेका बेला उनी फक्राउ परेका थिए । अदालतले थुनछेकको सुनुवाइ गर्दै उक्त मुद्दाको फैसला नहुँदासम्म नेपालगन्ज कारागारमा राख्ने आदेश दिएको हो । न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रारम्भिक अनुसन्धानबाट अभियोगसम्बन्धी पर्याप्त प्रमाण भेटिएपछि सुनारलाई गत सोमबार कारागार चलान गरेको अदालतले जनायो । सुनार भारतको कानपुरमा भान्सेको काम गर्दै आएका थिए । श्रीमती वैदेशिक रोजगारका लागि कुवेत गएकी छन् । गत वैशाखमा घरमा आएका उनले छोरीलाई आफूसँगै राख्न कानपुर लगेका थिए । तर लखनउको होटेलमा पुर्‍याएर बाबुले बलात्कार गरेको छोरीले प्रहरी कार्यालयमा लिखित जाहेरी दर्ता गराएकी छन् । मुम्बईबाट अपरिचत व्यक्तिहरूलाई लखनउ बोलाएर बिक्रीका लागि मोलमोलाइ गरेको सुनेपछि छोरीले कुवेतमा रहेकी आमालाई मोबाइलमार्फत सम्पर्क गरी घटनाबारे बताएकी थिइन् । आमाले नेपाल प्रहरी र मानव ओसारपसारविरुद्व काम गर्दै आएका संघसंस्थालाई जानकारी गराएपछि भारतीय सुरक्षा अधिकारीको सहयोगमा पीडितको उद्धार सम्भव भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर