आज धुमधामका साथ छठ पर्व मनाइँदै

४ मंसिर २०६९, सोमबार ०९:१५ मा प्रकाशित

काठमाडौ, ४ मंसिर । सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर आज धुमधामका साथ छठ पर्व मनाइँदैछ । नेपालको तपाई क्षेत्रमा मनाइने यस पर्वमा व्रतालु महिलाहरुले आज उपवास बसेर साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । त्यसपछि यो पर्व विधिवत् रुपमा सकिनेछ । छठ पर्वका सरकारले सार्वजनीक विदा समेत दिने गरेको छ ।
छठका अवसरमा काठमाडैको रानी पोखरीसहित देशका विभिन्न भागका तलाउहरु सजाइएको छ । आज साँझ घरबाट विशेष पूजाआजाका साथ पूजाका सामग्रीसहित व्रतालुहरु घाट पुग्नेछन् । घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिई व्रतालुहरु घर फर्किन्छन् भने कतिपय व्रतालु राति घाटमै बसेर नदीको किनारमा भजन कीर्तन गरी जाग्रम बस्ने पनि चलन छ ।
छठका दिन व्रतालुले आफैले प्रसादका रुपमा तयार पारेको ठेकुवा, भुसवनलगायतका मिष्ठान्नहरु चढाउने गर्छन । छठको व्रत लिदा चर्म रोग नलाग्ने, सन्तान सुश हुने, सौभाग्य वृद्धि हुने धार्मिक विश्वास छ ।
कात्तिक शुक्ल पक्षको षष्ठमीमा र चैतमा गरी छठ पर्व दुईपटक मनाउने चलन छ ।  मध्य तथा पूवी तराईका विभिन्न जिल्लाहरुमा आज छठको उल्लास छाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले