विपक्षीले राष्ट्रपतिलाई राजा बनाउने चाल चले : मन्त्री रायमाझी

४ मंसिर २०६९, सोमबार ०७:३७ मा प्रकाशित

 बुटवल, ४ मंसिर । एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा शान्तिमन्त्री टोपबहादुर रायमाझीले माओवादीले कुनै पनि हालतमा सरकार नछाड्ने जिकीर गरेका छन् । वर्तमान सरकारले राजिनामा दिँदा देशमा झन ठूलो भयावहको अवस्था आउने भएकाले माओवादी कुनै पनि हालतमा सरकार नछाड्ने मनस्थितीमा पुगेको उनको तर्क छ । “देशको अवस्थालाई सडकमा छोडेर राजिनामा दिने कुरा हुँदैन”, उनले भने, “सरकारले केका लागि राजिनामा दिने ? राजिनामा दिएर के गर्ने ? भन्ने विषयमा न्यूनतम सहमति त हुनु पर्याे नी ।”
अर्को सरकार निर्माणका लागि कानुनी तथा संवैधानिक बाटो पनि नभएकाले सरकारले यतिवेला राजिनामा दिँदा मुलुक अराजकतामा जाने उनको तर्क छ । “पहिले झलनाथ खनाल, माधवकुमार नेपाल प्रधानमन्त्री रहेको अवस्थामा जस्तो नभएकाले अहिले राजिनामा दिँदा देश रिक्तता र अराजकतामा जान्छ ।”
आफ्नो गृह जिल्ला अर्घाखाँची जाने क्रममा बुटवल आएका मन्त्री रायमाझीले रिपोटर्स क्लव लुम्बिनीले बुटवलमा आयोजना गरेको संक्षिप्त भेटघाटमा विपक्षी दलहरुले सरकार समाप्त पारेर राष्ट्रपतिलाई राजा बनाउने खेलमा लागेको आरोप पनि लगाए । विपक्षी दलहरुले काम चलाउ सरकार भनेकामा रोष प्रकट गर्दै उनले सरकार काम चलाउमा रहँदा उही धरातलमा बनेका राष्ट्रपतिको पनि बैधानिकतामा प्रश्न उठाए । उनले भने–“सरकार अवैधानि रहँदा राष्ट्रपति बैधानिक रहने कुरै आउँदैन ।”
उनले अधिकांश पार्टीहरुले निर्वाचनमा जाने निर्णय पनि गरेकाले सरकार बैशाख सम्ममा निर्वाचन गराउने पक्षमा रहेको र त्यो निर्वाचनका लागि यहि मंसिर भित्रमा बाबुराम भट्टराईकै नेतृत्वमा सर्वपक्षिय सरकार बन्ने दावी गरे । उनले यदि मंसिर भित्रमा सर्वपक्षिय सरकार बन्न सकेन भने बैशाखमा चुनाव गराउनका लागि समय पनि नहुने भएकाले सो समयमा निर्वाचन गराउनका लागि मंसिर भित्रै सर्वपक्षिय सरकार निर्माण गरि चुनावको तयारी गर्नुपर्ने बताए ।

चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार