१८ पार्टीको समर्थनमा आन्दोलन अगाडि बढ्ने खनालको दाबी

४ मंसिर २०६९, सोमबार ०७:२९ मा प्रकाशित

पाल्पा, ४ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले विपक्षीहरुको १५ राजनीतिक गठबन्धनलाई थप तीन पार्टीले साथ दिने बचन दिएको बताउनुभएको छ । पाल्पाको तानसनेमा आइतबार आयोजित एमाले पार्टीको मुखपत्र ‘नवयुग’को २३ औ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीले लाद्न खोजेको सर्वसत्ताबादी कदमको बिरोधमा जिल्ला र क्षेत्रमा रहेका पार्टीले समेत साथ दिने बताउनुभयो ।

उहाँले संघीयताको मुद्दाबाहेक अन्य कुरामा राष्ट्रिय जनमोर्चा, उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम र एकीकृतबाट छुट्टिएको नेकपा–माओवादीले समेत विपक्षील सुरु गरेको आन्दोलनलाई साथ दिने बताउनुभयो । उहाले नमिलेका केही मुद्दाबाहेक जुन मुद्दा अघि सरेको छ ती सबैमा साथ पाउने समेत उहाले बताउनुभयो । उहाले तत्कालै १८ पार्टीको समर्थनमा आन्दोलन अगाडि बढ्ने दाबी समेत गर्नुभयो । उहाले आन्दोलनलाई लहडको रुपमा अगाडि बढाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै मोर्चामा धेरैभन्दा धेरै पार्टीलाई सहभागिता गराउन आफुहरु लागि परेको बताउनुभयो ।

एमालेको मुखपत्र नवयुगको ग्राँहक अभियानमा उपत्यकापछि पाल्पा पहिलो, मकवानपुर दोस्रो र पर्वत तेस्रो भएकाले एमाले प्रचार विभागले वार्षिकोत्सव समेत पाल्पामै गरेको हो ।

– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार