नेवा समाज, साउथर्न क्यालिफोर्नियाको म्ह पूजा सम्पन्न

४ मंसिर २०६९, सोमबार ०७:२३ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस्, अमेरिका । नेवा समाज, साउथर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा लस एन्जलस क्षेत्रमा पहिलोपटक म्ह पूजा सम्पन्न भएको छ । स्थानिय पारामाउन्ट सिटिमा आयोजित म्ह पूजा तथा नेपाल सम्बत ११३३ को अबसरमा आयोजित कार्यक्रममा यस क्षेत्रमा सक्रिय सामाजिक संस्था, तिनका पदाधिकारीहरू र स्थानियहरूको उपस्थिती थियो । करिब २३५ को हाराहरीमा उपस्थित नेपालीहरु सम्पुर्णले म्ह पूजा (आफूबाटै शुरु गरिने सत्कर्मको थालनी) गरेका थिए । प्रवासमा रहेर पनि नेपाली परम्परा, रितिरिवाज साथमा नेवारी संस्क्रितीको जगेर्नाका लागि आयोजना गरिएको उक्त भब्य कार्यक्रममा नेपाल सम्बत ११३३ को अवसरमा शुभकामना आदान-प्रदान पनि गरिएको थियो । खांटी नेवारी भोजनले पाहुनाहरूको स्वागत गरिएको कार्यक्रमको ब्यबस्थापन र सामुहिक कार्यको सबैले प्रशंशा गरेका थिए । सत्यमोहन जोशीको अभिनन्दन, रक्तदान तथा म्ह पूजा एबम नेपाल सम्बत ११३३ को शुभकामना लगायतका कार्यक्रमले छोटो समयमै आफूलाई स्थापित गर्दै गैरहेको नेवा समाज, साउथर्न क्यालिफोर्निया च्याप्टरले भबिश्यमा पनि अन्य रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै जाने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार