महायज्ञबाट ८ करोड रकम संकलन गर्ने लक्ष्य

४ मंसिर २०६९, सोमबार ०७:२१ मा प्रकाशित

रुपन्देही, ४ मंसिर । प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणार्थ आयोजना
गर्न लागिएको महायज्ञको तयारीका लागि नेपाल सामुदायिक योग तथा प्राकृतिक
चिकित्सा केन्द्र पर्राेहाले बुटवलमा अन्र्तक्रिया गरेको छ । महायज्ञलाई
सफल बनाउने बिषयमा राजनीतिक दल तथा सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेको
हो ।
चिकित्सा केन्द्रले शिक्षण अस्पतालन निर्माण सहयोगार्थ मंसिर २२ गतेदेखि ३०
गतेसम्म बनकट्टामा बिराट श्रीमद्भागवत सप्ताह ज्ञान एवं बिशिष्ट धन—धान्याञ्चल महायज्ञ
गर्दैछ । यज्ञ मुल सम्पादन समितिका अध्यक्ष बिष्णु कार्कीको अध्यक्षतामा भएको
अन्र्तक्रियामा बिश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष गणेशमान सैजु, पूर्व
सांसद सुर्य प्रसाद प्रधान, नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ, राप्रपा नेपालका
पुनाराम पोख्रेल, महायज्ञका मूल कर्ता पुन्यप्रसाद पन्थी, केन्द्रका अध्यक्ष
रामप्रसाद भट्टराई लगायतले बोल्दै प्रकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माण
गर्नु सराहानिय कार्य भएको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
चिकित्सा केन्द्रले करिव ५० करोडको अस्पताल निर्माण गुरुयोजना बनाएको छ ।
गुरुयोजनामा बनकट्टादेखि ६ सय मिटरउत्तर तर्फ ८ बिगाहा क्षेत्रफलमा योगशाला,
अनाथआश्रम, प्रबेशद्वार, जडिबुटी उद्यान, गौशाला लगायतका संरचना निर्माण गर्ने
योजना छ । महायज्ञबाट ८ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

खोटाङ । खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ को आत्महत्याको