एमाले अध्यक्ष खनालको प्रोष्टेड ग्रन्थी र पत्थरीको अप्रेसन सोमबार

१० चैत्र २०६८, शुक्रबार १३:१२ मा प्रकाशित

काठमाडौ, १० चैत । स्वास्थ्य उपचारकोलागी भारतको राजधानी नया दिल्लीमा रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पोष्टेड ग्रन्थी र पत्थरीको उपचार आगामि सोमबार हुने भएको छ ।
हिजो नया“दिल्लीस्थित इन्द्रप्रस्त एपोलो अस्पतालमा डा. अन्छुमान अग्रवालले खनालको स्वास्थ्य परीक्षण गरेका थिए । परिक्षणको क्रममा  खनालको पोस्टेड ग्लाण्डको शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको र  किडनीमा ‘पत्थरी’को समस्यासमेत देखिएको एमाले सचिव यूवराज ज्ञावलीले प्रेस विज्ञप्ति निकालेर जनाएका छन ।
खनालको अपरेशनको लागि आउ“दो आइतबार कादिन उहा“ अस्पताल भर्ना गरिने छ भने सोमबार बिहान साढे नौ बजे अपरेशनको समयसमेत निर्धारण भइसकेको विज्ञप्तिमा जनाईएको छ । अपेरशनपश्चात् करिब ७२ घण्टा आराम गरेपछि आगामी चैत १७ गते उनी स्वदेश फर्किने छन ।
विज्ञप्तिमा स्वास्थ्य उपचारजस्तो संवेदनशील समस्याका कारण नया“दिल्ली प्रस्थान गरेका अध्यक्ष खनालको दिल्ली भ्रमणलाई राजनीतिक भ्रमण वा अन्य ढंगले प्रस्तुत नगर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।