राजनीतिक समस्या निकासका लागि राष्ट्रपति गम्भीर, दलहरुबीच सहमति नभए ठोस कदम चाल्ने तयारी

४ मंसिर २०६९, सोमबार ०७:०८ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । आइतबारका दिन पूर्ण बजेटको अध्यादेश राष्ट्रपतिसमक्ष पुरयाउने दाबी गरिरहेको सरकारले त्यसलाई थाती राख्दै आसन्न संकट टार्न बजेटको अर्को किस्ता ल्याउने सोच बनाएको छ । पूर्ण बजेट ल्याउन नदिन राष्ट्रपतिसमक्ष विपक्षीहरुको लिखित आग्रह परेको थियो । राष्ट्रपतिले समेत सहमतिमा बारम्बार जोड दिएपछि जसरी पनि पूर्ण बजेट ल्याउने बताइरहेको सरकार एक कदम पछाडि सरेको अनुभूति गरिएको छ । यसअघि असारमा पनि पूर्णकालीक बजेट ल्याउन तम्सिएको सरकारलाई विपक्षीको विरोधबीच राष्ट्रपतिले एक तृतीयांश बजेटमा खुम्च्याइदिएका थिए ।
सरकारले निर्वाचन, सेना समायोजन र पूर्वाधारजस्ता विषय औंल्याइएको साढे चार खर्ब रुपैँयाँको पूर्ण बजेट ल्याउने कसरत कैयौँ दिनदेखि जारी राखेको छ । यो प्रयास आइतबार पुनः विफल भएपछि सरकार मुलुकमा संकट आउन नदिन बजेटको अर्को किस्ता ल्याउन बाध्य हुने सरकारका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले तर्क गरे ।
यस विषयमा आज सोमबार प्रमुख राजनीतिक दलहरुबीच पुनः छलफल हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेलगायतका प्रतिपक्षी दलहरुलेचाहिँ संविधानसभा भंग भएपछि देशमा उत्पन्न राजनीतिक र संवैधानिक संकट निकासको मार्गचित्रमाथि सहमति जुटेपछि मात्र बजेटमा सहमति गरिने अडान लगातार दोहोरयाइरहेका छन् । विपक्षी दलका मागको सम्बोधन गरे मात्र सरकारलाई बजेट ल्याउन सजिलो हुने उनीहरुको भनाई छ ।
पूर्ण बजेटको विषय निरन्तर विवादित बनेको बेला आइतबार पनि चार प्रमुख राजनीतिक दलका नेता र राष्ट्रपतिबीच कुराकानी भएको थियो । त्यसक्रममा प्रतिपक्षी दलहरुले आफ्नो अडान नछोडपछि आइतबार नै मन्त्रीपरिषदबाट पारित गरि बजेट अध्यादेश अघि बढाउने सरकारको योजना अलपत्र बन्न पुगेको हो ।
यसरी बजेटको विषय झन्–झन् विावदमा पर्न थालेपछि निकासको बाटो खोज्न राष्ट्रपतिले सोमबार बिहान पनि प्रमुख चारदलका शीर्ष नेतृत्वहरुलाई छलफलका लागि शीतलनिवास बोलाउनुभएको छ । प्रतिपक्षी दलहरुले माग गरेझैँ राष्ट्रिय समतिको सरकारबारे सहमति जुट्न नसक्दा बजेट–संकट पनि लम्बिएको हो । त्यसैले खर्चको जोहो गर्न सरकार वैकल्पिक बाटोबारे सोच्न बाध्य देखिएको हो । यसरी अन्ततः कामचलाउने हिसाबले आंसिक बजेट ल्याउने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरिने र त्यसलाई राष्ट्रपतिले पनि सहजै पास गरिदिने सम्भावना बढेर गएको छ । यदि यस रुपमा घटनाक्रम अघि बढ्ने अवस्था नरहे या दलहरुबीच अझै सहमति बन्न नसके राष्ट्रपति ठोस कदम चाल्न बाध्य हुने अवस्था सिर्जना भएको छ र यसको संकेत राष्ट्रपतिले समेत गरिसक्नुभएको छ । निकासका लागि राष्ट्रपतिबाट कुनै नयाँ कदम चालिएको अवस्थामा सत्ता कब्जाको मानसिकताबाट अघि बढिरहेको सरकार र सरकारविरुद्ध आन्दोलन छेडिसकेका विपक्षी दलहरुको प्रतिक्रया कस्तो रहन्छ, तिब्र जिज्ञासाको विषय बन्न पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले