तराई क्षेत्रमा छठ पर्वको माहौल शुरु

४ मंसिर २०६९, सोमबार ०६:३८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ४ मंसिर । तिहार सकिए लगत्तै छठ पर्वको माहौल शुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको अवसरमा तराई क्षेत्रका नदी तथा जलाशय झकिझकाउ बनाइएको छ । छठ पर्व नजिकिदै गर्दा तराई क्षेत्रका तालतलैया तथा नदी किनारहरुको सरसफाई कार्य तीव्र पारिएको छ । विशेष गरेर हिन्दू धर्मावलम्वीहरुको मधेशी समुदायबीच प्रचलित यस पर्व अहिले पहाडी समुदायले समेत मान्न थालेका छन् । त्यसैगरी छठको स्वागतका लागि ताल तथा नदी किनार बत्ती तथा विभिन्न सजावटका सामग्रीहरुले दुलही जस्तै सिगार्न थालिएको छ । छटको अबसरमा रुपन्देही नबलपरासी कपिलबस्तु का बिभिन्न ठाउमा मनाउने गरिन्छ । नबलपरासीको छठको दिन त्रिवेणी, गोपीगञ्ज, रानीनगर, समेरी, प्रतापपुर, गुठीप्रसौनी, पक्लिहवा, रामपुर खडौना , महेषपुर, परासी लगायत क्षेत्रमा छठ पूजा गरिन्छ । छठको पहिले दिन शनिबार ब्रतालुहरुले पवित्र जलाशय, सागर, पोखरी तथा तलाउमा नुहाएर शरीर शुद्ध गरी चोखो भोजन खाने गर्छन् । जसलाई स्थानीय भाÈामा नहाय खाय भनिन्छ । दोस्रो दिन दिनभर उपबास बस्ने र सूर्यास्तपछि पूजाआजा गर्ने चलन छ । छठको तेस्रो दिन सूर्यलाई बिशेष विधिपूर्वक अर्घ दिईन्छ । छठ पर्वको अन्तिम दिनउदाउदो सूर्यलाई अर्घ दिएर ब्रत समाप्त गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले

आजको प्रमुख समाचार