दाहाललाई थप्पड हान्नेलाई ७ दिन थुन्न प्रशासनको आदेश

३ मंसिर २०६९, आईतवार २०:१७ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । काठमाडौं जिल्ला प्रशासन कार्यालयले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरलाई सात दिन थुनामा राखि अनुसन्धान गर्नका आदेश दिएको छ । जिल्ला प्रशासनले आइतबार यस्तो आदेश दिएको हो । उनले शुक्रबार भृकुटी मण्डपमा अध्यक्ष दाहालको गालामा चड्न हानेका थिए ।
चड्न हानेपछि एमाओवादी कार्यकर्ता निर्घात कुटेका घाइते कुँवरलाई आइतवार मात्र वीरेन्द्र प्रहरी अस्पतालबाट डिस्चार्ज गरिएको थियो । नीविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
सर्वाजनिक अपराधमा प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि ३५ दिनसम्म हिरासतमा राख्ने अनुमति दिन सक्छ । उक्त अपराधमा प्रमुख जिल्ला अधिकारीले १० हजार रुपैयाँसम्म जरिवाना वा दुई बर्षसम्म कैद वा दुवै सजाज दिन सक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले