अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्रीबीच भेटवार्ता, तिब्बती र भुटानी शरणार्थीको मुद्दामा वार्ता केन्द्रित

३ मंसिर २०६९, आईतवार १९:४४ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । तीनदिने नेपाल भ्रमणमा शनिबार राती काठमाडौं आइपुग्नुभएकी अमेरिकी उपविदेशमन्त्री मारियाले आइतबार प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा प्रधानमन्त्री समक्ष मारियाले विशेष रुपमा भुटानी र तिब्बती शरणार्थीसम्बन्धी मुद्दा उठाउनुभएको राससले जनाएको छ ।
उपविदेशमन्त्री मारियाले नेपालको वर्तमान राजनीतिक स्थिति, संविधानसभाको निर्वाचन, राजनीतिक दलहरूसँगको सहमतिको प्रयासबारे समेत जिज्ञासा राख्नुभएको थियो ।
भुटानी तथा तिब्बती शरणार्थीबारे उपविदेशमन्त्री मारियालेचासो व्यक्त गर्नुभएकोमा प्रधानमन्त्रीले शरणार्थीसम्बन्धी सबै समस्या समाधान गर्न आफ्नो सरकारको दृढता दोहोर्‍याउनुभएको बताइएको छ ।
स्मरण रहोस्, तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकाले ६३ हजार भुटानी शरणार्थीलाई आफ्नो भूमिमा पुनःस्थापना गरिसकेको छ।
भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीका साथै परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावासका वरिष्ठ अधिकारी सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको