प्रधानसेनापति जबरा र बेलायती सेनाध्यक्ष पिटर वालबीच भेटवार्ता

३ मंसिर २०६९, आईतवार १८:५१ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा. र नेपाल भ्रमणमा रहेका बेलायती सेनाका सेनाध्यक्ष जनरल पिटर वालबीच आइतबार जंगी अड्डामा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताको अवसरमा प्रधानसेनापति ज.ब.रा. र बेलायती सेनाका सेनाध्यक्षबीच आपसी हितका विषयहरुमा छलफल हुनुका साथै उपहार आदान(प्रदान भएको थियो । प्रधानसेनापति जबरासँगको भेटअघि जनरल पिटरको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डामा सम्मानगारत अर्पण गरेको थियो ।
सन् १९७४ रोयल मिलिटरी एकेडमी (स्यान्ध्रुस्ट)मा तालिमका सहपाठीसमेत रहेका बेलायती सेनाध्यक्ष र प्रधानसेनापति ज.ब.रा. को भेटघाटले नेपाली सेना र बेलायती सेनाबीच ऐतिहासिक लामो सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा विशेष महत्व राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसैक्रममा बेलायती सेनाध्यक्षले आइतबार नै राष्ट्रपति डा. रामवरण यादवसँग शितलनिवासमा र प्रधानमन्त्री बाबुराम भट्टराईसंग सिंहदरबारमा बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणमा बेलायती सेनाका सेनाध्यक्षको नेतृत्वमा दुई सदस्यीय भ्रमणदल गत १ गते नेपाल आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल