
नेविसंघका देउवा पक्षधरहरुले सामूहिक राजिनामा दिए ,
काठमाडौ, १० चैत । संस्थापन पक्षले एकलौटी रुपमा सल्लाह नै नगरी पुर्नगठन गरेको भन्दै नेपाल विद्यार्थी संघक देउवा पक्षीय पदाधिकरीहरुले सामूहिक राजिनामा दिएका छन् । महाधिवेशन आयोजना गर्न गठन गरिएको समितिका देउवा पक्षीय २८ जना विद्यार्थी नेताहरुले आज सभापति सुशिल कोइरालालाई भेटेर सामूहिक राजिनामा बुझाएका हुन । राजिनामा बुझाउन विद्यार्थी नेताहरु जुलुससहित कोइराला निवास पुगेका थिए ।
सभापति कोइरालाले केही दिन अघि नेविसंघको महाधिवेशनका लागि १ सय १ सदस्यीय तदर्थ समिति गठन गरेका थिए ।
राजिनामा बुझ्दै सभापति कोइरालाले भने भातृसंगठन मा रहेको विवाद समाधान समितिसँग आफूले छलफल गरेर उपयूक्त निर्णय लिने बताएका थिए । पार्टीले महामन्त्री प्रकासमान सिहको संयोजकत्वमा विवाद समाधान समिति गठन गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस