स्याङ्जाको साल्मेडाँडामा ‘गोरखा स्मारक’ निर्माण गरिने

३ मंसिर २०६९, आईतवार १५:५५ मा प्रकाशित

काठमाडौ, ३ मंसिर । गोरखा भूतपूर्व सैनिक सङ्घले स्याङ्जाको साल्मेडाँडामा ‘गोरखा स्मारक’ को निर्माण गर्ने भएको छ । स्मारक निर्माण कार्य यही मङ्सिर १२ गतेदेखि सुरु गरिने भएको छ ।
पहिलो र दोस्रो विश्वयुद्धमा वीरताका साथ लडेर वीरगति प्राप्त गरेका नेपालीको सम्झनामा सो स्मारक निर्माण गर्न लागिएको हो । ती युद्धमा करिब ६० हजार नेपालीले अमरत्व प्राप्त गरेको सङ्घले जनाएको छ । गोरखा भूतपूर्व सैनिक सङ्घका अध्यक्ष पद्मबहादुर गुरुङले विश्व शान्ति कायम गर्नका निमित्त अन्तर्राष्ट्रिय युद्ध लडी जीवन उत्सर्ग गरेका वीर योद्धाको स्मरण तथा सम्मानमा सो स्मारक निर्माण गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।