सरकारले राष्ट्रपति समक्ष बजेट पेश गर्दै

३ मंसिर २०६९, आईतवार १५:२८ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । सरकारले राष्ट्रपति डा. रामबरण यादव समक्ष आजै बजेट पेश गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारलाई बजेट पेश गर्न भनेको थियो ।
सरकारले साके सम्म पूर्ण बजेट पेश गर्ने त्यसमा राष्ट्रपति सकारात्मक नभए एक तृतियांश बजेट अध्यादेश पेश गर्ने तयारी गरेको छ । दलहरुबीच सहमति नभएकाले पूर्ण बजेटका साथ साथै एक तृतियांश बजेटको पनि तयारी गरेको छ ।
सरकारले यसबारे अन्तिम निर्णय गर्ने आज वेलुकी मन्त्रीपरिषद् बैठक बस्ने र राष्ट्रपतिकोमा पेश गरिनेसूचना तथा संचारमन्त्री राजकिशोर यादवले जानकारी दिए । तर आइतवार दिउँसो बसेको सत्तारुढ दलको बैठकले अन्तिम पटक पूर्ण बजेट स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
बजेटका विषयमा छलफल गर्न प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई राष्ट्रपति डाक्टर रामवराण यादवलाई भेट्न राष्ट्रपति भवन जाँदैछन् । राष्ट्रपतिसँगको छलफलपछि मन्त्रीपरिषद बैठक बस्ने र राष्ट्रपति समक्ष बजेट पेश गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

आजको प्रमुख समाचार