एक जानको थप्पड जनआक्रोश होइन : देउवा

३ मंसिर २०६९, आईतवार १२:०३ मा प्रकाशित

धनगढी, ३ मंसिर । काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकजना व्यक्तिले गरेको कार्यलाई जनआर्कोस भन्न नमिल्ने बताएका छन् । एकीकृ माओवादी अध्यक्ष प्रचण्डको गालको थप्पड हानेको प्रसंग कोटाउदै भने, ‘एक जना व्यक्तिले थप्पड हान्दैमा त्यसलाई जनताको आक्रोस भन्न मिल्दैन ।’
प्रेस युनियन कैलालीले आइतबार धनगढीमा गरेको कार्यक्रममा देउवाले देउवाले एक व्यक्तिले गरेको अराजक कामलाई जनताले गरेको भनेर चित्रित गर्न आफैमा मुख्र्याइ हुने बताए ।
उनले ६२÷६३ को जनआन्दोलनमा जनताले चाहेको अपेक्षा, पुरा नभएकाले आक्रोश देखिनु भने स्वभाविक भएको प्रतिक्रिय दिए ।  देउवाले प्रधानमन्त्री बाबुराम भट्टराईले बिना सहमति हतारमा निर्वाचनको घोषणा गरेकाले अहिले समस्या आएको दावी गरे । भट्टराईको नेतृत्वमा सहमतिको सरकार बनाउने माओवादीको प्रस्ताव नेपाली काँग्रेसलाई स्वीकार्य नहुने उनको भनाई थियो । देउवाले सहमतिको सरकार निर्माण भएपछि मात्रै नेपाली काँग्रेसले बजेट आउन दिने बताए । कर्मचारीले तलबै खान नपाउन्, देश नै ठप्प होस् भन्ने होईन देउवाले थपे, ‘तर नेपाली काँग्रेस निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट ल्याउन दिँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३