बजेटका विषयमा दाहालले अघिसारे तीन विकल्प, कांग्रेस एमालेले भने हामी छलफल गछौं

३ मंसिर २०६९, आईतवार ११:४९ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बजेटका विषयमा राष्ट्रपति र विपक्षी दलका शीर्ष नेता समक्ष तीन विकल्प अघि सारेका छन् ।
राष्ट्रपति रामवरण यादवको निमन्त्रणामा आज विहान शीतल निवास महाराजगञ्जमा भएको राष्ट्रपति सहित शीर्ष नेताबीचको छलफलमा एमाओवादी अध्यक्ष दाहालले बजेटका विषयमा तीन विकल्प प्रस्तुत गरेका हुन् ।
दाहालले तत्तकाल बजेटमा सहमति नहुने भए यसअघि एमाले नेतृत्वको सरकारले समेटेका कार्यक्रम समेटेर पूर्णबजेट ल्याउने, त्यसमा पनि सहमति नभएमा एक तृतीयांश बजेट ल्याउने र त्यसमा पनि सहमति नभएमा कांग्रेसबाट योजना आयोगका उपाध्यक्ष भएकाबेला तयार भएको ४ सय २९ अर्बको बजेट नै ल्याउँने त्यसमा पनि सहमति नभए संविधानको मर्म र स्प्रिटअनुसार कस्तोखालको बजेट ल्याउने त्यसबारेमा राष्ट्रपतिलाई स्वविवेकमा छाडिदिने प्रस्ताव गरेका थिए ।
बैठक पछि दाहालले दिएको जानकारी अनुसार उनको विकल्पमा विपक्षी कांग्रेस एमालेले केही बताउन सकेनन् । उनीहरुले यतिमात्र भने, ‘हामी छलफल गर्छौं ।’ दाहाल भने, ‘मेरो प्रस्तावबारे विपक्षीले स्पष्ट धारणा राख्नु भएन उहाँहरुले सल्लाह गर्छौंमात्र भन्नुभयो सहमति चाँही जनाउनुभएन ।’
विपक्षी दलले सरकारको बहिर्गमन नभएसम्म बजेटमा सहमति हुन नसक्ने बताएका थिए । बैठकमा दाहालसहित कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार सहभागी थिए । यसैबीच बैठकबाट बाहिरीदै उपप्रधानमन्त्री समेत रहेको गच्छदारले सहमतिबिना पूर्ण बजेट नआउने जानकारी दिएका थिए । यनले बजेट भन्दापनि सरकारको नेतृत्वमा कुरा अड्किएको बताए । एमाले अध्यक्ष झलनाथ खनालले सरकार परिवर्तन नभएसम्म बजेट आउन नसक्ने धारणा राखेको थिए ।  राष्ट्रपति डाक्टर रामवरण यादवले बजेटमा सहमति जुटाउन आग्रह गर्नु भएको छ । उहाँले सकेसम्म पूर्णबजेटमा सहमति जुटाउन र त्यसो नभएपनि देशलाई बजेट विहिन नपार्न दलहरुलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही