कर्मचारीको अभावले गाँउको काम प्रभावित

३ मंसिर २०६९, आईतवार ०९:३६ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । कर्मचारीको अभावले गाँउको काम प्रभावित भएको भन्दै सरकारले गाउँ विकास समितिका सचिवलाई थपघट गर्ने प्रकृया सुरु गरेको छ । तराईका केही जिल्लामा बढी र हिमाली तथा पहाडी जिल्लामा गाविस सचिव कम भएर काम प्रभावित भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न लागेको हो ।
तराईका केही जिल्लामा संख्या बढीरहेको र पहाड तथा हिमाली जिल्लामा एकजना गाउँ विकास समितिका सचिवले धेरै गाविस हेर्नुपर्ने भएकाले अनियमितता तथा काम प्रभावित भएपछि व्यवस्थापन गर्न लागिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहायक प्रवक्ता प्रेमकुमार श्रेष्ठले बताए ।

अहिले ६ सयको हाराहारीमा गाउँ विकास समितिका सचिवको संख्या कम रहेको छ । तर झापा, मोरङ लगायतका केही जिल्लामा भने गाविसको संख्या भन्दा बढी गाविस सचिव देखिएको छ । सरुवा भएर अरु जिल्ला जानुपर्ने सचिव काज मिलाएर नगएको र त्यसको ठाउँमा सरुवा भएर आएकाले काम गरिरहेको हुनाले झापा र मोरङ लगायतका केही जिल्लामा गाविस सचिवको संख्या बढी देखिएको हो ।
दशैँतिहार अघि गरिएका अनुगमनको प्रतिवेदनमा अध्ययन गर्ने र गाउँ विकास समितिका सचिवको जिम्मेवारी हेरफेर गर्ने तथा व्यवस्थापन गर्ने प्रकृया आजैदेखि सुरु गरिने श्रेष्ठले बताउनुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अनुगमनका क्रममा स्थानीय निकायमा आर्थिक अनियमितता भैरहेको पाइएपछि त्यसलाई व्यवस्थित गर्न अभियान नै थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना