कफीको उत्पादन खेती विस्तारको तयारी

३ मंसिर २०६९, आईतवार ०९:३१ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । कफीको माग अत्याधिक बढेपछि यसको उत्पादन बढाउने अभियान सुरु भएको छ । माग अनुसारको कफी उत्पादन हुन नसकेपछि यसको उत्पादन बढाउने तयारी भएको हो ।  उत्पादन नबढेपछि कफीको खेती विस्तारका लागि योजना बनाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
कफीको खेती विस्तार गरी व्यवसायिकतामा जोड दिनेबारे अहिले तयारी भईरहेको बोर्डका योजना अधिकृत प्रेम आचार्यले बताए । बोर्डले खेतीयोग्य जमिनको अध्ययन गरी त्यहाँ कफीको विरुवाको अनुदान बढाउने पनि जनाएको छ ।
कफीसँग सरोकार राख्ने संस्थाहरुको समन्वयमा वर्षेनी कफी किसानलाई २० लाख भन्दा बढी विरुवा अनुदानमा दिने गरीएको छ । पछिल्लो समयमा कास्की, पर्वत र स्याङजाका किसान कफी खेतीमा बढी आकर्षित भएका छन् ।
गबारो किराले विरुवामा क्षती पुर्‍याउने भएकाले विरुवा रोप्दादेखि नै ध्यान दिनु पर्ने विज्ञहरुको भनाई छ । असार र साउन महिनामा कफीको विरुवा रोप्ने गरिन्छ । अहिले देशका विभिन्न ४० जिल्लामा कफी खेती हुँदै आएपनि २० वटा जिल्लामा मात्र यसको उत्पादन राम्रो हुने गरेको छ ।
नेपालमा उत्पादित कफी यूरोप लगायत १० भन्दा बढी देशमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

आजको प्रमुख समाचार