बाँझिने क्रम बढ्दो छ खेतीयोग्य जमिन

३ मंसिर २०६९, आईतवार ०९:०६ मा प्रकाशित

म्याग्दी, ३ मंसिर । जनशक्ति अभावमा म्याग्दी जिल्लाका खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै गएको छ । रोजगारीको खोजीमा युवापुस्ता विदेशिन  थालेपछि ग्रामीण क्षेत्रका खेतबारी पाती र बुकीले भरिन थालेका हुन् । यसले खाद्यान्नमा परनिर्भरताको समस्या बढ्न थालेको छ । खेतबारी जोत्ने, खन्नेदेखि अन्न भित्र्याउने समयमा देखिने कृषि मजदुर अभावका साथै कृषि उपजको उत्पादन लागत बढ्न थालेपछि आयातीत खाद्यान्न उपभोग गर्ने क्रम बढ्न थालेको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिनमध्ये अहिले १५ प्रतिशत बाँझो रहेको छ ।
वैदेशिक रोजगारीका कारण जनशक्ति अभाव हुँदा खेतबारी बाँझो राख्ने समस्या बढ्दै गएको वरिष्ठ वागवानी विकास अधिकृत वेदप्रकाश पौडेलले बताए । सुविधा र अवसरका लागि गाउँका मानिसले थातथलो छाड्ने गरेकाले ताकम, देवीस्थान, हिस्तान, मुना, मुदी, गुर्जा, घतान, मराङ, निस्कोट, पाखापानी, ओखरबोट, दोवा, राम्चेलगायत गाविसमा खेतबारी बाँझो रहने समस्या बढेको छ ।
काम गर्ने मान्छे नपाएइने भएकाले कृषि मजदुरको ज्याला बढेको घतानका कृषक दिवाकर सुवेदीले बताए । काम गर्न सक्ने जति सबै धन कमाउन विदेश गएकाले खेताला पाउनै मुस्किल हुँदा खेती लगाउन दुःख भएको उनले बताए । अहिले धान काट्ने खेतालाले दिनको दुई सय रुपियाँ तथा झाँट्ने र जोत्नेले पाँच सय रुपियाँ ज्याला लिनेगरेका छन् । आफ्ना ६ भाइ छोरा सबै विदेश गएको बताउँदै सुवेदीले भने, ‘काम गर्ने मान्छे नै पाइँदैनन् ।’
गाउँघरमा अहिले पर्म गरेर खेतीबाली लगाउने चलन पनि हराउन थालेको छ । गाउँका पुरुष अधिकांश विदेशमा गएकाले काम गर्ने मान्छे नपाउने समस्या भएको घतानकी दुर्गा चोखालले बताए । सबैभन्दा धेरै समस्या बाँझो खेत जोत्ने मानिस नपाएपछि मिनिटेलर हलो किन्ने तयारी गरेको घतान नेप्टेचौरकी गंगा चोखाल बताउँछन् । पुरुष नभएकाले कृषि कार्यमा महिलामाथि भार बढ्दै गएको र अर्मपर्मको चलन घट्दै गएको अर्थुङ्गे छापकी लक्ष्मी खत्रीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा