ग्यासका सिलिन्डर जोखिमयुक्त

३ मंसिर २०६९, आईतवार ०९:०३ मा प्रकाशित

नेपालगन्ज, ३ मंसिर । ग्यास उद्योगले प्रयोग गर्ने पुराना सिलिन्डर जोखिमयुक्त रहेका छन् । कम्पनीले सबै सिलिन्डरको समयमा गुणस्तर परीक्षण नगर्दा यस्तो समस्या देखिएको हो । कतिपयलाई गुणस्तरहीन ग्यास सिलिन्डरबारे अझसम्म पनि थाहा छैन ।
त्यस्तै गृहणीमध्येकी नेपालगन्ज धम्बोझिकी चन्द्रकला उप्रेती पनि हुन् । उनलाई आफ्नो भान्छामा प्रयोग हुने ग्यासको तौल कति हुनुपर्छ र कति छ, ग्यास सिलिन्डर सुरक्षित छ या छैन भन्ने विषयमा खासै ज्ञान नभएको बताउँछन् ।
यस्तो अवस्थामा गुणस्तरहीन सिलिन्डर प्रयोग गर्दा ज्यानैसमेत जान सक्छ । प्रहरीका अनुसार बाँकेमा ग्यास सिलिन्डर बिस्फोटनका कारण एकको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् । जोखिमपूर्ण सिलिन्डरको प्रयोग बढ्न थालेपछि यहाँका उपभोक्ता त्रसित बनेका छन् ।
सबैको भान्छामा प्रयोग हुने ग्यास उत्पादन गर्ने कम्पनी, वितरण गर्ने बिक्रेता, अनुगमन गर्ने निकाय र कारबाही गर्ने स्थानीय प्रशासन कसैले पनि भान्छामा प्रयोग भइरहेको ग्यासको अवस्था र प्रयोग गर्ने तरिकाका विषयमा सामान्य जानकारी समेत गराएका छैनन् । बिक्रेताले सिलिन्डर वितरण गर्छन् तर तौल कति छ थाहा हुँदैन । किनभने नेपालगन्जका कुनै पनि बिक्रेताकहाँ ग्यास तौल गर्ने उपकरण छैन । ‘तौलेर लानु पर्छ भनेर कसैले सिकाएको पनि छैन,’ चन्द्रकलाले भनिन्, ‘भान्छामा काम गर्ने गृहिणीको ज्यान जोखिममा हुँदासमेत प्रशासन मौन छ ।’ नेपालगन्ज–१३ की दिलकुमार श्रेष्ठका अनुसार ‘एउटा सिलिन्डरको आयु बढीमा १० वर्षको हुन्छ तर नेपालगन्ज र आसपासमा ग्यास वितरण गर्ने भेरी र मनकामना ग्यास कम्पनीले १० वर्षअघि नै बन्द भएको बाँके ग्यास कम्पनीको सिलिन्डरमा ग्यास भरिरहेका छन्’ ।
ग्यास उत्पादक र बिक्रेताका लागि बनाइएको गुणस्तर नियमावलीमा एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीले प्रयोग गर्न पाइँदैन । तर, १० वर्षअघि बन्द भएको बाँके ग्यासको सिलिन्डर हाल सञ्चालनमा हरेको ती दुई कम्पनीले प्रयोग गरिरहेका छन् ।
सफा नगरिएको सिलिन्डरमा लेदो जमेको हुन्छ त्यसैले सिलिन्डरको तौल लेखिएभन्दा कम हुन्छ । ग्यास उत्पादन कम्पनीसँग गुणस्तर जाँच गर्ने प्राविधिसमेत छैन । ‘२० वर्ष कटेका सिलिन्डर प्रयोग गरीरहेका छौँ,’ उपभोक्ता मञ्चका अध्यक्ष डा। नारायण सुवेदीले भने, ‘हामीले प्रशासनको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन ।’ उनले दुई महिनाअघि गुणस्तरहीन र म्याद गुज्रिएका २५ थान सिलिन्डर जिल्ला प्रशासन कार्यालयमा बुझाउँदा पनि कारवाही नगरी फर्काएको बताए ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय र वाणिज्य कार्यालयले भने यसबारे अनभिज्ञता प्रकट गरेको छ । अनुगमन नै नगरी मौन बसेका यी निकायका अधिकारीको व्यापक विरोध भएपछि ग्यास उत्पादन कम्पनीलाई मापदण्डअनुरूपका ग्यास उत्पादन र बिक्रीवितरण गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी