बजेटकै विषयमा छलफल गर्न राष्ट्रपति निवासमा शीर्ष नेता

३ मंसिर २०६९, आईतवार ०८:३८ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । बजेटका विषयमा छलफल गर्न भन्दै प्रमुख दलका शीर्ष नेताहरु फेरी राष्ट्रपनि निवास पुगेका छन् । उनीहरु सरकारले एक तीतृयांश बजेट ल्याउने तयारी गरेपछि छलफलका लागि राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपतिले एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतालाई शितल निवास बोलाउनु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।  एक तीतृयांश बजेट ल्याउन राष्ट्रपति रामवरण यादव सकारात्मक भएपछि छलफल अघि बढेको हो ।

पटक पटक राजनीतिक गतिरोध अन्त्य र बजेटका विषयमा सहमति गर्न राष्ट्रपतिले दबाब दिएपनि दलहरुले आआफ्नो अडान छाडेका छैनन् । नयाँ चुनावमा जाने मोटामोटी सहमति गरेपनि सरकारको नेतृत्वका विषयमा कुरा मिल्न सकेको छैन । सत्तारुढ माओवादीले अहिलेकै सरकारलाई सहमतिको स्वरुप दिने बताएको छ भने विपक्षीदलले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले