पाटन अस्पतालको सम्पूर्ण सेवा सुचारु

३ मंसिर २०६९, आईतवार ०८:२१ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । पाटन अस्पतालमा आन्दोलनरत शिक्षक कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आसपतालको सम्पूर्ण सेवा आज बाट सुरु भएको छ ।
यद्यपि, उनीहरुले अस्पतालको नियमित बिहान १० देखि ११ बजेसम्म एक घण्टे धर्ना तथा उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्ष प्रवेश निषेधका कार्यक्रम भने जारी राख्ने छन् । यसअघि आन्दोलनरतपक्षले आइतबारदेखि अस्पतालको आपत्कालीनबाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलन गर्ने निर्णय गरेका थिए भने शुक्रबार र शनिबार अस्पतालको आपत्कालीनबाहेकका सबै सेवा उनीहरुले ठप्प पारेका थिए ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्घका अध्यक्ष चतुरनारायण चौधरीले स्थानीयवासी एवम् सरोकारवालाको सुझाव तथा प्रमुख तीन पार्टीले समस्या समाधानका लागि पहलकदमी गर्ने भनिएकाले सङ्घर्ष समितिले सेवा बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको बताए । उनले स्थानीयवासी, विभिन्न राजनीतिक दलको आग्रह र उपभोक्ताको सुविधालाई समेत मध्यनजर गर्दै सेवा बन्दको कार्यक्रम फिर्ता लिएपनि नियमित धर्ना तथा उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दीको कार्यक्रम भने राजीनामा नआउन्जेलसम्म जारी रहने बताएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ । सङ्घर्ष समितिले स्थानीयवासी एवम् सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव लिए लगत्तै बैठक बसेर घोषित बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका