अनेमसंघ हिंसा विरुद्ध घरदैलो अभियानमा जुट्ने

३ मंसिर २०६९, आईतवार ०७:५८ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । एमाले भगिनी संगठन अखिल नेपाल महिला संघले महिला हिंसाविरुद्ध एकमहिने अभियान अन्तर्गत घर दैले अभियानमा जुट्ने भएको छ । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर घरदैलो अभियानमा जुट्ने भएको हो । संघले दिएको जानकारी अनुसार उपत्यकामा मंगलबार जोरपार्टीबाट र तराईमा छठ पर्वपछि घरदैलो अभियान सुरु हुने छ।
बोक्सी आरोप, बालविवाह, बहुविवाह, अनमेल विवाह, दाइजो तथा तिलकप्रथा, छाउपडी र महिला बेचबिखनविरुद्ध घरदैलो अभियान चलाउन एकमहिने कार्यक्रम तय गरिएको संघले जनाएको छ । अभियानअन्तर्गत सबै जिल्लामा सबै घरदैलोमा पुग्ने र महिला हिंसाविरुद्ध जनचेतना जगाउने कार्यक्रम छ ।
बृहत जनजागरण अभियान नाम दिइएको उक्त अभियानमा हिंसापीडित महिलालाई घरघरमै भेटी कानुनी उपचार र अन्य सामाजिक सुरक्षा प्रक्रियाबारे छलफल गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार