को छ प्रधानमन्त्री बन्नलायक स्वतन्त्र व्यक्ति : प्रधानमन्त्री

३ मंसिर २०६९, आईतवार ०७:५० मा प्रकाशित

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बन्नलायक स्वतन्त्र व्यक्ति को छ भनि प्रश्न गरेका छन् । आफ्नै पार्टी एमाओवादीनिकट केही पत्रकारसँग हिजो प्रधानमन्त्रीले भने, ‘सबै व्यक्ति कुनै न कुनै राजनीतिक दलनिकट छन्, त्यसैले यहाँ स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने कुनै सम्भावना छैन ?’ ‘कोही स्वतन्त्र व्यक्ति पाइए त त्यसलाई स्वीकार गर्न सकिन्थ्यो होला तर अहिले स्वतन्त्र व्यक्ति पाउन मुस्किल भएकाले यो विषय त्यति सान्दर्भिक होलाजस्तो लाग्दैन, उनले थपे । प्रधानमन्त्रीले वर्तमान सरकारले नै चुनाव गराउने अभिव्यक्तिसमेत दोहोर्‍याए । अन्तर्राष्ट्रिय प्रचलनअनुरूप भन्दै उनले संसद् भएका बेला बनेको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरूप प्रदान गरी आगामी वैशाखमा संविधानसभाको नयाँ चुनाव गर्नुपर्ने धारणा व्यक्त गरे । भने, ‘प्रतिपक्षी दलहरू सरकारको विषयमा मात्रै केन्द्रित हुँदा सहमति बन्ने छैन ।’ उनले कांग्रेस र एमालेलाई यही सरकारमा सहभागी गराएर राष्ट्रिय सहमतिको स्वरूप दिन आफू लागिपरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय