बाल ठाकरेको निधन

२ मंसिर २०६९, शनिबार २१:३१ मा प्रकाशित

काठमाडौं, २ मंसिर । भारतका कट्टर हिन्दुवादी नेता शिव सेनाका प्रमुख बाल ठाकरेको ८६ वर्षको उमेरमा शनिबार मुम्बईमा हृदयघातबाट निधन भएको छ । केही समयदेखि अस्वस्थताका कारण थलिएका ठाकरेको उपचार चलिरहेको थियो भने दुई दिनअघि मात्र उनको स्वास्थ्य सुध्रिन थालेको बताइएको थियो ।
बाल ठाकरेको निवास ‘मातोश्री’को बाहिर उनका डाक्टर जलील पारकरले शनिबार पौने चारबजे उनको निधन भएको जानकारी गराएका थिए ।
ठाकरेको निधनलगत्तै मुम्बईमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बजारहरु बन्द भएका छन् भने आइतबारसमेत बजार बन्द रहने सम्भावना औंल्याइएको छ । निधनको खबर प्राप्त हुने वित्तिकै उनके घरबाहिर जम्मा भएर शिव सैनिकहरुले विलाप गरेका थिए । कैयन नेताहरुले उनको निधनमा शोक तथा खेद व्यक्त गरेका छन् ।
सन् १९२६ मा जन्मिएका बाल ठाकरेको महाराष्ट्रको राजनीतिमा विशेष दवदवा रहँदै आएको थियो । आफ्नो क्यारिएरको सुरुवात एक पेशेवर कार्टुनिस्टका रुपमा गरेका ठाकरे पछि अचानक राजनीतिमा फालहानेका थिए भने उनले कुनै पनि राजनीतिक पद कहिल्यै स्वीकार गरेनन् ।
ठाकरेको निधनपछि शिव सेना प्रमुखमा उनका पुत्र उद्धव ठाकरे कि भतिजा राज ठाकरे भन्ने विवाद फेरि एकपटक बल्झिन सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार