सबैको समझदारीमा निकास खोजिनु पर्छः वैद्य

२ मंसिर २०६९, शनिबार २१:२८ मा प्रकाशित

काठमाडौं, २ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले तीन वा चार दलका नाममा गरिने सहमति मान्य नहुने स्पष्ट पारेका छन् । नेवा मुक्ति मोर्चाले नेपाल सम्वत् ११ सय ३३ को अवसरमा गरेको चियापान कार्यक्रममा बैद्यले वर्गीय, जातीय, क्षेत्रीय र सङ्घीयताका विषयलाई सम्बोधन नगरेर संविधान ल्याइए त्यसलाई आफ्नो दलले कुनै हालतमा स्वीकार नगर्ने र च्यातेर फाल्ने चेतावनी दिए । वैद्यले भने, ‘सबैको समझदारीका आधारमा निकास खोजिनु पर्छ ।’
एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई जनयुद्धमा जाँदै छ भनेर स्याल हुइँया चलाएको भन्दै अध्यक्ष बैद्यले आफूहरूको पहिलो एजेण्डा जनयुद्ध नभएको भनाई थियो । समारोहमा नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले संविधानसभा विघटनसँगै १२ बूँदे सहमतिको औचित्य समाप्त भएकाले दलहरूबीच नयाँ सहमतिको आवश्यक परेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो