प्रधानमन्त्री एक साताभित्र सरकार पुर्नगठन गर्ने तयारीमा

१० चैत्र २०६८, शुक्रबार १२:०० मा प्रकाशित

काठमाडौ, १० चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले एक साताभित्र सरकार पुर्नगठन गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
आज सरकारलाई समर्थन गरेका साना सात दलको बैठकमा प्रधानमन्त्रीले शान्ति प्रक्रिया  र संविधान निर्माणलाई निष्कर्समा पुर्याउन सहज बातावरण निर्माणकोलागी अन्य दललाई सरकारमा सहभागी गराउन सरकार परिवर्तनको तयारी गरेको जानकारी दिएको चुरेभावर राष्ट्रिय एकता पार्टीका सभासद बद्री प्रसाद न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्रीले सरकार शान्ति र संविधान निर्माणमा प्रतिबद्ध भएको भन्दै आफ्नो कार्यमा सहयोग गर्न आग्रह पनि गरेका थिए ।
बैठकमा प्रधानमन्त्रीले श्रममन्त्री सरिता गिरीको ठाँउमा राष्ट्रिय जनमुक्ती पार्टीका सभासद एमएस थापाको नाम प्रस्ताव गरेका थिए । जसलाई साना दलले समर्थन गरेका थिए ।
साना दलले भने शान्ति र संबिधान मुलुकको पहिलो प्राथमिकता भएकोले सरकार परिवर्तन भन्दा पनि त्यसमै ध्यान केन्द्रीत गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो