राप्रपा नेपाल रथयात्राको अभियानमा

२ मंसिर २०६९, शनिबार १६:५८ मा प्रकाशित

काठमाडौं, २ मंसिर । राप्रपा नेपालले मुलुकलाई पुनः हिन्दु राष्ट्र बनाउँन दस दिने रथयात्राको अभियानका निस्कने भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले दस दिने रथयात्राको घोषणा गरेका हुन् । जनकपुर–लुम्बिनी–विन्ध्यवासिनी देखि पशुपतिनाथ सम्म रथयात्रा हुने थापाले बताए ।
‘सर्वधर्म सम्भावपूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गराऔं’ भन्ने उद्देश्यले रथयात्रा संचालन गर्न लागिएको थापाको भनाई थियो । जनकपुरबाट शुरु भई लुम्बिनी, बिन्ध्यवासिनी हुँदै पशुपतिनाथमा पुगेर विसर्जन हुने रथयात्रा १८ वटा जिल्लामा पुग्ने छ । यात्रा अवधिभर लगभग १ सय ६० स्थानमा धार्मिक सभा र प्रमुख धार्मिक स्थलहरुमा धार्मिक अनुष्ठान संचालन गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार