समस्या समाधान निर्वाचन मात्रैः गृहमन्त्री गच्छदार

२ मंसिर २०६९, शनिबार १६:३३ मा प्रकाशित

विराटनगर, २ मंसिर । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मुलुकको वर्तमान समस्यालाई समाधानको एक मात्र विकल्प निर्वाचन भएको बताएका छन् । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्यसमिति मोरङद्वारा  आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विघटित संविधानसभाबाट संविधान नआउनु सरकारको मात्र कमीकमजोरी नभई देशका सबै राजनीतिक दलहरुको भएको जिकिर गरे ।
वर्तमान सरकारले विगतमा गर्न नसकेका शान्ति प्रक्रियाको काम पूरा गरेको भन्दै अध्यक्ष गच्छदारले सहमतिको सरकार निर्माण गर्न मधेसी मोर्चाले कुनै बाधाअड्चन खडा नगर्ने कुरामा जोड दिनुभयो ।
उहाँले तीन राजनीतिक दलहरुले मिलेर सहमतिको सरकार बनाउन नसके मधेसी मोर्चालाई जिम्मेवारी दिन आह्वान गरे ।
नवप्रवेशी कार्यकताहरुलाई शुभकामना एवम् बधाई दिँदै अध्यक्ष गच्छदारले आउने निर्वाचनमा आफ्नो पार्टीले हैसियत बलियो बनाउने र सोहीअनुसार कार्यकताहरुले आपसी सम्बन्ध बनाएर अघि बढ्नुपर्ने तर्क राखे । उनले हिमाल, पहाड र तराईको भावनात्मक एकतालाई आफ्नो पार्टीले कहिल्यै पनि कमजोर नपार्ने बरु यसलाई अझ दरिलो एवम् कसिलो बनाउने अभियान पनि लागेको कुरा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार