आन्दोलनबाटै राष्ट्रिय सहमतिको सरकार बनाउँछौं : खनाल

२ मंसिर २०६९, शनिबार १६:२४ मा प्रकाशित

भक्तपुर, २ मंसिर । एमालेका अध्यक्ष झलनाथ खनालले सरकार बिरुद्धको आन्दोलनबाटै राष्ट्रिय सहमतिको सरकार गठन हुने दाबी गरेका छन् । एमाले काठमाडौं जिल्ला कमिटीले भक्तपुरको खरिपाटीमा गरेको कार्यक्रममा खनालले वर्तमान सरकारलाई आन्दोलनबाटै घुँडा टेकाएर सहमतिको सरकार गठन गर्ने दावी गरे ।
‘एनेकपा माओवादी सहमतिका लागि तयार देखिएको छैन । सर्वसत्तावाद संचालन गरेर जान खोजेको छ’, खनालले भने, ‘यो आन्दोलनले सरकारलाई जनता समक्ष घुँडा टेकाउन बाध्य गराएर राष्ट्रिय सहमतिको सरकार गठन गर्छ ।’
आन्दोलनको ज्वारभाटा सुरु भैसकेको भन्दै अध्यक्ष खनालले अबको निर्वाचन राष्ट्रको ईतिहास मै निर्णायक प्रकारको निर्वाचन हुने बताए । अबको निर्वाचन देशको इतिहास मै निर्णायक निर्वाचन हुनेछ । यसले देशको संविधान निर्माण गर्ने र शान्ति प्रक्रिया पुरा गरेर इतिहास कायम गर्नेछ, खनालले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको