देशलाई प्रतिगमन तर्फ धकेल्न अध्यक्षमाथि आक्रमण भयोः एमाओवादी

२ मंसिर २०६९, शनिबार १५:५८ मा प्रकाशित

काठमाडौ, २ मंसिर । एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानिएको घट्नालाई देशलाई प्रतिगमन तर्फ धकेल्ने उद्देश्यले गराईएको सुनियोजित घटना भएको निष्कर्ष निकालेको छ । उसले घट्नाको भत्र्सना गर्दै पार्टीले सो घट्नाबाट पार्टी तथा नेताहरु विचलित नभएको दावी गरेको छ ।
शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नी सापकोटाले पार्टी र तिनका नेताको तेजोवध गर्ने तथा नेतारुको साख गिराउने गम्भीर षडयन्त्रका रुपमा घट्ना गराइएको बताए । उनले उक्त घट्नलाई आक्रोशको रुपमा विश्लेष गरेर ढाकछोपको प्रयास गरिएकोबाट त्यो सुनोजित भएको देखिएको दावी गरे । उनले घट्नाबाट कोही विचलित नभएको भन्दै शान्ति र संविधानप्रतिको प्रतिवद्धता दोहोर्‍याए । नेताहरुको सुरक्षा नयाँ ढंगबाट गर्ने विषयमा छलफल भइरहेको सापकोटाको भनाई थियो ।
पार्टीले शुक्रबार भृकुटी मण्डपमा गरेको चियापान कार्यक्रममा बाग्लुङका युवक पदम कुँवरले दाहाललाई थप्पड हानेका थिए । कुँवर प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार