बिपक्षी गठबन्धनको आन्दोलन आजबाट सुरु भयो

२ मंसिर २०६९, शनिबार ११:०७ मा प्रकाशित

काठमाडौ, २ मंसिर । एमाओवादी नेतृत्वको सरकार सहमतिको बाधक रहेको भन्दै मुख्य बिपक्षी काङ्ग्रेस एमाले सहितका दलहरूले प्रधानमन्त्री बाबुराम भट्र्राई सरकार बिरुद्द आज देखि आन्दोलन सुरु गरेका छन् ।  आन्दोलनको पहिलो चरणको कार्यक्रम आन्तर्गत उनीहरुले आज नागरिक समाजसँग अन्तर्क्रिया गरिरहेका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपमा कार्यक्रम चलिरहेको छ । वर्तमान गतिरोधको निकास र सरकार विरुद्ध घोषणा गरिएको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा अन्तर्क्रिया केन्द्रीत रहेको एमाले नेता भीम रावलले जानकारी दिए ।  आन्दोलनको क्रममा मुख्य बिपक्षी काङ्ग्रेस एमाले सहितका दलहरूले मुलुकको राजनीतिक अवस्थाबारे नागरिक समाजलाई जानकारी गराउने  छन् । यसैगरी आन्दोलनबारे नागरिक समाजका अगुवाहरूको धारणा जान्ने उद्देश्य, आन्दोलनमा उनीहरूलाई पनि सहभागी गराउने विषयमा छलफल गर्न अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व छाडी सहमतिका लागि वातावरण बनाउनुपर्ने, राष्ट्रिय सहमतिको सरकार तत्काल गठन गरी संविधानसभाको नयाँ चुनावको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका मागहरू राखी विपक्षी दलहरूले एक महिने आन्दोलनको घोषणा गरेका थिए । आजको आन्दोलन सफल बनाउन उनीहरूले आन्तरिक तयारी पूरा गरि सकिएको  बताएका छन् । मंसिर २९ गतेसम्म सरकार हटाइ छाड्ने दावी सहित धर्ना, सभा र प्रदर्शन जस्ता कार्यक्रम घोषणा गरेका विपक्षी दलले त्यतिबेलासम्म पनि सरकारले राजिनामा नदिए दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको