विदेशबाट फर्केर व्यावसायिक गाईपालनमा

२ मंसिर २०६९, शनिबार ०७:३५ मा प्रकाशित

सन्तोष गौतम, म्याग्दी, २ मङ्सिर । रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढिरहेको समयमा घारका एकजना व्यक्ति भने विदेशबाट फर्किएर गाउँमै गाईपालनमा रमाएका छन् । एघार वर्षसम्म खाडी मुलुकमा आफ्नो श्रम र समय खर्चँदा समेत सोचेजस्तो आर्थिक उत्रति हुन नसकेपछि गाउँ फिरेका घार– ४ का श्याम खड्का अहिले गाईपालनको आम्दानीबाट उत्साहित छन् । नीलगिरि गाईपालन कृषक समूहमा आबद्ध खड्काले दुई वटा उत्रत जातका गाई पालेका छन् । दैनिक १५ लिटर दूध हालै खिबाङमा स्थापना भएको सनी चिज उत्पादन केन्द्रलाई बिक्री गर्ने खड्काले विदेशमा गर्ने दुःख गाउँमै गर्न सकेमा आम्दानीका साथै आत्मसम्मानपूर्वक बाँच्न सकिने बताउनुभयो । दूधको माग बढेपछि स्थानीय जातको गाई पाल्दैआएका स्थानीय बमबहादुर बरुवालले अहिले उत्रत जातका चारवटा गाई पाल्न सुरु गरिएको बताउनुभयो । खड्का मात्र नभएर अहिले घार गाउँका युवा र विदेशबाट फर्किएका व्यक्ति सामूहिक गाईपालनतर्फ आकर्षित भएका छन् । चिज उत्पादन केन्द्र स्थापना भएकाले उनीहरूलाई दूधको बजारीकरण गर्न सुविधा पुगेको छ । जिल्ला पशुसेवा कार्यालय, घार गाविसको सहयोगमा २० जना कृषकले आफैँले लगानी गरेर गाईपालन गरिरहेका नीलगिरि गाईपालन कृषक समूह घारका अध्यक्ष गोविन्द खड्काले बताउनुभयो । धेरै युवा गाईपालनतर्फ आकर्षित भएकाले गाईपालन गर्ने कृषकको सङ्ख्या बढ्दो रहेको बताउँदै खड्काले घार गाउँलाई कृषिमा नमुना बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना