पुनहिलको प्राकृतिक सौन्दर्यले लोभिए पर्यटक

२ मंसिर २०६९, शनिबार ०७:३१ मा प्रकाशित

सन्तोष गौतम, म्याग्दी, २ मङ्सिर । म्याग्दीको घारमा रहेको पुनहिल अत्रपूर्ण पदमार्ग पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा पहाडको टाकुरामा अवस्थित पुनहिल दृश्यावलोकनका लागि नेपालभित्र मात्र होइन अन्तराष्ट्रियस्तरमा समेत चर्चित बत्र थालेको छ । एकै स्थानबाट धेरै हिमालका साथै टाढाटाढा र सूर्योदयको मनमोहन दृष्य अवलोकन गर्न सकिन्छ । मगर समुदायअन्तर्गत पुन थरसँग सांस्कृतिक सम्बन्ध जोडिएको पुनहिलमा अत्रपूर्ण, माछापुच्छे«, नीलगिरि, धौलागिरि, गुर्जा, मानापाथीलगायत १५ भन्दा बढी हिमालको नजिकबाट अवलोकन गर्न सकिने विशेषता छ । यसैगरी बिहानीको सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को आकर्षण हो । बिहानीमा झुल्कने सूर्यको उषाकिरणले पुनहिल अगाडि उभिएका सेताम्मे हिमालका टाकुरालाई मोतीझँै टल्काउँदा यहाँ पुग्ने पर्यटक प्राकृतिक सौन्दर्यले मोहित हुन्छन् । एकाबिहानै घना जङ्गलको बीच भागमा अवस्थित पुनहिल पुग्ने पर्यटक सूर्योदय र आँखैअगाडिका हिमशृङ्खलाको दृष्यमा रमाइरहेको भेटिन्छ । अत्रपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँपुल हुँदै कात्तिक तेस्रो साता पुनहिल पुगेकी स्पेनी पर्यटकले यहाँको प्राकृतिक सौन्र्दय देखेर निकै खुसी र उत्साहित भएको बताइन् । यो स्थानको सौन्दर्यले पदयात्राको थकाइ मात्र नमेटाई सहरी कोलाहल र प्रदूषित वातावरणदेखि टाढा प्रकृतिमा रमाउने अवसर पनि दिएको पर्यटकको अनुभव छ । एक पटक पुनहिल पुगेपछि यसको प्राकृतिक सौन्दर्यले मनमस्तिष्कमा दिगो छाप नपर्ने कमै होलान् । पुनहिल एकपटक पुगेका पर्यटक फेरि अर्कोपटक साथीहरूलाई लिएर घुम्न आउने गरेको धेरै भेटिएको छ । एडभेन्चर ग्रेट हिमालयन टे«कका पदप्रदर्शक राजेन्द्र पन्तले एकै स्थानबाट धेरै हिमशृङ्खला र सूर्योदयको आकर्षक दृष्यले पुनहिलमा पर्यटकलाई आकर्षित गरेको अनुभव सुनाउनुभयो । बेलायती पर्यटकको साथमा पुनहिलमा भेटिएका प्याजेसेज नेपाल प्रालिका पदप्रर्दशक केस गुरुङले पोखराबाट नजिकै पर्ने भएकाले पनि एक पटक यहाँ आएका पर्यटकले आफ्नो देशमा पुगेर पुनहिलको विशेषताबारे प्रचार गर्ने र फेरि साथी लिएर आउने आफूले धेरै भेटेको बताउनुभयो । दृश्यावलोकनस्थलका रूपमा विकसित पुनहिल क्षेत्र हिमशृङ्खला र सूर्योदयको दृष्यावलोकनका साथै जैविक विविधता, वन्यजन्तु, पक्षी र सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो । एभरेस्ट एक्सप्रेस टे«कका पदप्रदर्शक तप्पनराज भण्डारी भूगोल, संस्कृति, जनजीवन र जैविक विविधताले पर्यटकलाई यो स्थानमा आकर्षित गर्ने गरेको बताउनुहुन्छ । पुनहिल क्षेत्रमा रहेका ९८ प्रजातिका लालीगुराँसले पर्यटक लोभ्याउन सहयोग गरेको छ । यसका साथै कालिज, डाँफेजस्ता पक्षी मृगलगायत वन्यजन्तुको अवलोकन पनि गर्न सकिने भएकाले पुनहिलले प्रसिद्ध कमाउँदै गएको हो । घोरेपानी इलाका प्रहरी कार्यालयका प्रमुख धनबहादुर थापाका अनुसार वार्षिक २० देखि ३० हजार बाह्य र सोही अनुपातमा आन्तरिक पर्यटक पुनहिलमा आउने गर्छन् । मगर र थकाली समुदायको बसोवास रहेको घोरेपानीदेखि एक घन्टाको पैदल दूरीमा उकालो हिँडे पनि पुगिने पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो । पर्यटक आउने क्रमसँगै घार खिवाङका मेजर टेकबहादुर पुनले २०२१ सालमा सो डाँडालाई पुनहिल नामकरण गरेका थिए । उनका आफन्तले २०४६ सालतिर मेजर पुनको स्मृतिमा दृश्यावलोकनस्तम्भ स्थापना गरेपछि पर्यटकलाई थप सुविधा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१