सहमति खोज्न भन्दै विवाद समाधान उपसमितिको बैठक चार दिनकोलागी स्थगित

१० चैत्र २०६८, शुक्रबार ११:४८ मा प्रकाशित

काठमाडौ, १० चैत । संविधान निर्माणको क्रममा देखिएका विवाद समाधान गर्न गठित उपसमितिको बैठक संविधानका बाँकी विवादित विषयमा सहमति खोज्न राजनीतिक तहमारुपमा छलफल गर्ने भन्दै चार दिनका लागि स्थगित भएको छ ।
उपसमिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष समितिमा भएको छलफल र प्रगतिबारे बैठकमा प्रष्ट्याउनु भएको थियो । सेना समायोजनको प्रक्रिया अगाडि बढिसकेकाले विवादका विषयमा सहमति खोज्न आग्रह उहाँहरुले गरे पनि एमाले र कांग्रेसका नेताहरुले उधारो विश्वास गर्न सक्ने आधार नरहेको बताउनुभएको थियो ।
बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रक्रियागतअनुसारले समय साह्रै छोटो भइसकेकाले सहमतिका लागि गम्भीर भएर लाग्न नेताहरुलाई आग्रह गर्नुभएको थियो । “पटक–पटकको समयतालिका परिवर्तनले जनतालाई निराश पारेको छ, कार्यतालिका संशोधनका लागि समय पनि अव छैन, गम्भीर भएर सहमतिमा लाग्नुहोस्” सभामुख नेम्वाङ्को भनाईलाई उदृत गर्दै एकीकृत नेकपा (माओवादी) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले भन्नुभयो ।
एमाले र कांग्रेसले शान्तिप्रक्रियाको विषय अगाडि नबढ्दासम्म विवादित विषयमा प्रवेश गर्न नहुने अडान राखेपछि बैठक अगाडि बढ्न नसकेको नेता गुरुङले भन्नुभयो । सचिवालयले कार्ययोजना बनाएर ल्याउने विषय कुनै प्रगति नरहेको कांग्रेस र एमालेका नेताले बैठकमा राखेको जानकारी गुरुङले भन्नुभयो ।
नेपाली कांग्रेसका नेता उपसमितिका आमन्त्रित सदस्य रमेश लेखकले माओवादी सेनाको समायोजनबारे विशेष समितिले गरेको प्रक्रियाबारे बैठकमा समिक्षा भएको बताउनु भयो । छलफल सकारात्मकरुपमा अगाडि बढे पनि विवादका कुनै विषयमा ठोस सहमति हुन नसकेको उहाँले जानकारी दिनुभयो । लेखकले विवादित विषयमा सहमति गर्न थप समय माग गर्ने सहमति भने बनेको जानकारी
दिनुभयो ।
नेकपा (एमाले) का नेता तथा उपसमितिका आमन्त्रित सदस्य सुरेन्द्र पाण्डेले शान्तिप्रक्रिया टुङ्याएर मात्र बाँकी विषयमा अगाडि बढ्ने छलफल बैठकमा भएको बताउनु भयो । चैत १४ गते सम्म शान्तिप्रक्रियाका विषय टुङ्गिएपछि संविधानका विवादित विषय चैत मसान्तसम्ममा सहमति बन्ने बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । उनीहरुलाई प्रदेश सभा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार