प्रचण्डलाई एक झापड

१ मंसिर २०६९, शुक्रबार १८:१२ मा प्रकाशित

काठमाडौं, १ मङ्सिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसाधारणले एक झापड हानेका छन् । एमाओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आएका एकजनाले उनीसंग हात मिलाइसकेपछि दाहालमाथि झापड प्रहार गरेका हुन् । हात मिलाउन लाइनमार्फत् मञ्चमा पुगेका उनले झापड हानेका हुन् । झापड खाएपछि दाहालको अनुहार मलिन बनेको थियो । निकै कडा झापड हानेका कारण अध्यक्ष दाहालको चस्मा फुटेको छ । झापड प्रहार गर्नेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखेर प्रहरीले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि माओवादी भातृ संगठनका युवाहरुले आक्रमण गरेका थिए । आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ । अध्यक्ष दाहालमाथि आक्रणम भएपछि भृकुटीमण्डपमा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । चियापानमा सर्वसाधारणको उपस्थिति न्युन भए पनि चियापान चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार