पहिलोपटक जोमसोममा मुकेश श्रेष्ठको एकल कला प्रर्दशनी

१ मंसिर २०६९, शुक्रबार ०९:२९ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, जोमसोम (मुस्ताङ), १ मसिर । “इको अफ मुस्ताङ” बिषयक कलाकार मुकेश श्रेष्ठको छैठौं एकल कला प्रर्दशनी मुस्ताङको सदरमुकाम जोमसोम स्थित एयरपोटको पुथाङ सामुदायिक हलमा भईरहेको छ । शिक्षाका लागि शान्ति (पेग–नेपाल) को आयोजना, पुथाङ गाउँ समाज मुस्ताङ तथा नेपाल ललितकला मञ्च धौलागिरीको संयोजनमा ७ दिने प्रर्दशनी भइरहेको हो ।

२४ बटा मुस्ताङका भिन्नाभिन्नै स्थानका एक्रेलिक रगंको प्रयोग गरि बनाइएका चित्रकलाहरु प्रदर्शनीमा राखिएको छ । मुस्ताङको प्राकृतिक एव सास्कृतिक सौन्दयताबाट प्रभाबित भएर गत २ बर्ष देखि मुस्ताङका चित्र कोर्न थालेका कलाकार श्रेष्ठ सोहि बेला देखि निरन्तर मुस्ताङका गाउँ गाउँमा गएर चित्र अभियान शुरु गरि अहिले प्रर्दशनीमा ल्याउन सफल भएका हुन् । कलाकार श्रेष्ठले करिब २ बर्ष अगाडि मुस्ताङ भ्रमण गर्दा देखि यहाँको भु बनोट, प्राकृतिक सुन्दरता र संस्कृतिबाट लालाहित भई मुस्ताङका बिभिन्न स्थानका चित्र उतार्न शुरु गरेको बताउनुहुन्छ । गत २५ गते शनिबार देखि शुरु भएको प्रर्दशनी मसिर २ गते सम्म चल्ने छ । कागबेनी पहिलो, कागबेनी दोस्रो, मुक्तिनाथ, टिटिताल पहिलो, टिटि ताल दोस्रो, झारकोट पहिलो, झारकोट दोस्रो, ढुम्वाताल, तल्लो स्याङ पहिलो, तल्लो स्याङ दोस्रो, उपल्लो स्याङ, ताग्लुङ कुञ्जो, ठिनीगाउ सहित जोमसोम एयरपोर्ट, खिङा, एक्लेभट्टी, टुकुचे, खन्ती, कोवाङ, जोमसोम घासा पहिलो, घासा दोस्रो, घासा तेस्रो, छयो, नाम दिइएका उत्कृष्ट चित्रहरु प्रर्दशनीमा राखिएका छन ।

उचाई २७ इन्च र लम्वाई ३४ इन्चका २३ बटा पेन्टीङ प्रति एकको ३० हजार र उचाई २७ इन्च लम्वाई ५८ इन्च भएको टिटि तालको पेन्टीङको मुल्य ४५ हजार राखीएको कलाकार श्रेष्ठले बताउनु भयो । उहाका अनुसार काठमाण्डौमा ५ बटा र मुस्ताङमा २ बटा पेन्टीङको अर्डर भइसके पनि प्रर्दशनी पछिमात्र बिक्रि गरिने छ । प्रदर्शनीमा राखिएका कला कृतिको विक्रीबाट मुस्ताङका सामुदायीक बिद्यालयमा अध्यनरत बालबालिकाहरुको शैक्षिक एव कला र साहित्यको उत्थान गर्न कार्यक्रमको आयोजना गरिएको पेग नेपालकी संयोजक मनीषा गौचनले टेलिफोन सम्पर्कमा बताउनुभयो ।

आफ्नै सम्पदा र संस्कृतिलाई पहिचान गर्न नक्सदा पछी पर्दै गइरहेको, त्यसको फाइदा विदेशीले लिइरहेको प्रदर्शनी हेर्न आएका अर्जुन सिंह तुलाचनले बताउनुभयो । यस्ता कला प्रदर्शनीले समाजमा चेतानाको विकाससगै मुस्ताङलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेल्ने उहाको दावी छ ।

पेन्टीङ हेर्न आएका फ्रान्सेली नागरिक तथा कलाप्रेमी डोरेन पिरेरेले मुस्ताङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको महत्वलाई यस्ता चित्रकला प्रदर्शनीले प्रचार प्रसार गरि पर्यटन प्रबद्र्धन तथा मुस्ताङमा कला, चेतनाको संरक्षण र विकास गर्न सकिने बताउनुभयो । मुस्ताङका स्थानिय बासीन्दा, बिद्यार्थी, आन्तरिक एव बाह्य पर्यटक सायौको सख्यामा दिनहु जसोे प्रर्दशनी हेर्न आइरहेको आयोजकले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको