हेल्पिङ ह्याण्ड्स हन्स्लोद्वारा देउसी भैलो कार्यक्रम

१ मंसिर २०६९, शुक्रबार ०४:१९ मा प्रकाशित

बेलायत । लण्डनको हन्स्लोस्थित हेल्पिङ ह्याण्ड्स संस्थाद्वारा गत बुधबार रमाइलो देउसी भैलो सांझ आयोजना गरियो। हेल्प नेपाल नेटवर्कको सहयोगार्थ आयोजित कार्यक्रममा हेल्प नेपाल नेटवर्कको गत‌िविधि समेटिएको एउटा डकुमेन्ट्री प्रस्तुत गरिएको थियो।
उक्त अवसरमा बोल्दै हेल्प नेपाल नेटवर्क युकेका भगीरथ योगीले सन् १९९९ मा युकेमा स्थापना भएको नेटवर्क अहिले एक दर्जनभन्दा बढी मुलुकहरुमा फैलीसकेको र यसले नेपालको सामाजिक विकासमा स्वदेशमा तथा विदेशमा बसोबास गरिरहेका नेपालीहरुको सहयोग जुटाउन भरमग्दुर प्रयास गरिरहेको जनाउनुभयो।

हेल्प नेपाल नेटवर्क युकेका सल्लाहकार तथा समाजसेवी चिरन्जीवी ढकालले नेटवर्कले हालै शुरु गरेकेा रु दश करोडको अक्षयकोष स्थापना गर्ने अभियानबारे जानकारी दिनुहुंदै सो कोषमा अहिलेसम्म बेलायतबाट झण्डै बीसलाख र संसारभरिबाट ६८ लाख रुपियां जति संकलन भैसकेको बताउनुभयो। उहांले हेल्प नेपाल नेटवर्कले झण्डै एकलाख नेपालीहरुबाट कम्तीमा एक, एक हजार रुपियां सहयोग संकलन गर्ने लक्ष्य लिएको बताउनुहुंदै यो मानवीय अभियानमा सघाउन युकेवासी सबै नेपालीहरुलाई हार्दिक अपील गर्नुभयो।

सोही अवसरमा बोल्दै वरिष्ठ पत्रकार शशी पौडेलले खासगरी युवाहरुलाई समेटने हेल्पिङ ह्याण्ड्स हन्स्लोको प्रयासको सह्राहना गर्नुभयो। उहांले शुरुदेखि नै संस्थालाई अनुशासित र प्रजातान्त्रिक ढंगले चलाउन सुझाव पनि दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष कुल आचार्यले आफ्नो संस्कृतिको जगेर्ना गर्नुकासाथै कल्याणकारी काममा सहयोगी हातहरु अघि बढाएकोमा हेल्पिङ ह्याण्ड्स हन्स्लोका सदस्य तथा पदाधिकारीहरुको प्रशंसा गर्नुभयो। उहांले नेपालमा कल्याणकारी कार्यहरु सन्चालन गर्ने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद तथा हेल्प नेपाल नेटवर्कबीच एक समझदारीपत्रका हस्ताक्षर भैसकेको स्मरण गर्नुहुंदै कल्याणकारी काममा एनआरएन युके अग्रपंक्तिमा रहेर कृयाशील रहेको बताउनुभयो।

देवी गौतमले सन्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामजी बरालले गर्नुभएको थियो भने मोहन बरालले सभामा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। अध्यक्ष बरालले हेल्प नेपाल नेटवर्कसंग सहकार्य गर्न पाउंदा आफुहरु निकै खुसी भएको बताउंदै कार्यक्रमबाट संकलित रकम छिट्टै एउटा समारोहमा हेल्प नेपाल युकेका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिने जानकारी पनि दिनुभयो।

समारोहमा हेल्पिङ ह्याण्ड्स हन्स्लोका सदस्यहरुले रोचकढंगले देउसी, भैलो खेलेका थिए।

दर्शकहरुको आकर्षक उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय तथा नेपालबाट आमन्त्रित कलाकारहरुले रोचक नेपाली गीतहरुमा दर्शकहरुलाई राती अबेरसम्म नचाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार